भारतमा जेलमा आक्रमण गरि पाँच कैदी फरार, प्रहरी आक्रमणमा निर्दोश किशोरीको मृत्यु

मंसिर १२, २०७३ मा प्रकाशित | 1285 views

१२ मंसिर, काठमाडौं ।
भारतको पन्जाबस्थित नाभा जेलमा बन्दुकधारीको एक समूहले आक्रमण गरी पाँच कैदीलाई भगाएका छन् ।

प्रहरीले जेलबाट भागेका आतंकवादी ठानेर अन्धाधुन्ध गोली हान्दा एक युवतीको मृत्यु भएको छ ।

आतंकवादीहरुको एक समूहले नाभा जेलमा आक्रमण गरेर खालिस्तान लिबरेशन फ्रन्टका हरमिन्दर सिंह मिटुसहित पाँच कैदीलाई भगाएको बताइएको छ ।

भागेका कैदी ठानेर प्रहरीले एउटा गाडीमा गोली चलाउँदा एक युवक र एक युवती घाइते भएका थिए । घाइतेमध्ये युवतीको गोली लागेर मृत्यु भएको हो र उनी आर्केस्ट्रामा काम गर्ने युवती भएको बताइएको छ ।

जाँच पड्ताल नगरी प्रहरीले सिधै ताकेर गोली हानेको भन्दै त्यहाँ व्यापक बिरोध भइरहेको छ ।

प्रहरीका अनुसार प्रहरीको बर्दीमा आएका युवकहरुको एक समूहले जेलमा अन्धाधुन्द आक्रमण गरि हरमिन्दर सिंह मिटु, ग्यांगस्टार विकी गोंडर, गुरप्रीत शेखों, नीता देओल र विक्रमजीत नाम गरेका कैदिलाई भगाएका हुन् ।

मिटुलाई पन्जाब प्रहरीले सन् २०१४ मा नयाँदिल्लीस्थित इन्दिरागान्धी अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको र उनीमाथि बिभिन्न दश घटनामा मुद्दा चलिरहेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web