विश्व कम्युनिष्ट क्रान्तिका एक नायक तथा क्यूबाका पूर्व राष्ट्रपति फिडेल क्याष्ट्रोको ९० वर्षको उमेरमा निधन भएको छ ।

संसारकै प्रभावशाली एवम् लामो समय क्यूबामा शासन गर्नुभएका महान् नेता क्याष्ट्रोको निधनबारे उहाँका भाइ तथा क्यूबाली राष्ट्रपति राहुल क्याष्ट्रोले पुष्टि गर्नुभएको हो ।

कम्युनिष्ट क्रान्तिलाई विश्वसामू चिनाउने नेताका रुपमा परिचित क्याष्ट्रोले कैयौं वर्ष अमेरिकी विस्तारवादको विरोध गर्नुभएको थियो ।

आफू अस्वस्थ एवम् वृद्ध भएपछि सन् २००८ मा उहाँले भाई राहुल क्याष्ट्रोलाई नेतृत्व हस्तान्तरण गर्नुभएको थियो ।

गत अप्रिलमा क्यूबाली कम्युनिष्ट पार्टीको अधिवेशनमा सहभागी हुँदा क्याष्ट्रोले क्यूबाको कम्युनिष्ट अवधारणा अझै सान्दर्भिक रहेको बताउनु भएको थियो ।

फिडेल क्याष्ट्रोलाई उहाँ समर्थकहरुले राज्यसत्ता जनतामा ल्याउने नायकका रुपमा प्रशंसा गर्छन् भने आलोचकहरु उहाँलाई विपक्षीहरुलाई दमन गर्ने नेताका रुपमा चिन्दछन् ।

सन् १९२६ मा दक्षिणपूर्वी ओरिएण्टे प्रान्तमा जन्मनुभएका क्याष्ट्रो सन् १९५३ मा वाटिष्टा शासनविरुद्ध लागेको अभियोगमा जेल पर्नुभएको थियो ।

दुई वर्षपछि जेलबाट रिहा भएलगत्तै क्याष्ट्रोले अर्का प्रभावशाली नेता चे ग्वेभारासँग मिलेर गुरिल्ला युद्ध शुरु गर्नुभएको थियो ।

१९५९ मा वाटिष्टा शासनलाई पराजित गरी प्रधानमन्त्री बन्नुभएका क्याष्ट्रो सन् १९७६ मा राष्ट्रपतिमा निर्वाचित हुनुभएको थियो ।

फिडेल क्याष्ट्रोलाई कतिपयले कम्युनिष्ट तानाशाहका रुपमा चित्रण गरेपनि विश्वभर उहाँको छवि अमेरिकासँग कहिल्यै नझुकेका राष्ट्रवादी नेताका रुपमा रहेको छ ।

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री दाहालद्वारा शोक प्रकट

राष्ट्रपति विद्यादेवी भण्डारीले क्युबाका पूर्व राष्ट्रपति फिडेल क्यास्ट्रोको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले क्युबाका राष्ट्रपति राहुल क्यास्ट्रोलाई आज एक शोक सन्देश पठाउँदै पूर्व राष्ट्रपति क्यास्ट्रोको निधनप्रति समवेदना प्रकट गर्नुभएको हो ।

उहाँले शोक सन्तप्त परिवारजन, क्युबाली जनताको माझमा क्यास्ट्रो सधैँ रहिरहनुहुनेछ भन्ने उल्लेख गर्नुभएको छ ।

यस्तै प्रधानमन्त्री ‘प्रचण्ड’ले पनि राष्ट्रपति राहुल क्यास्ट्रोलाई एक शोक सन्देशमार्फत क्यास्ट्रो विश्वका एक लोकप्रिय र क्रान्तिकारी कम्युनिस्ट नेता एवम् समाजवादी अभियानको नेता समेत हुनुहुन्थ्यो भन्नुभएको छ ।

प्रधानमन्त्रीले, क्यास्ट्रो जनताको वास्तविक प्रतिनिधिसमेत रहनुभएको उल्लेख गर्नुभएको छ ।

रहेनन् अमेरिकाको सयौं हत्या प्रयासबाट बाँचेका एक क्रान्ति नायक फिडेल क्यास्ट्रो

कम्युनिष्ट
नेता तथा क्यूवाका पूर्वराष्ट्रपति फिडेल क्यास्ट्रोको निधन – See more
at: https://topnepalnews.comWorld-News/6039#sthash.poVgvssB.dpuf

17.95¡ÆC