पार्टी एकीकरणको साता नबित्दै राप्रपामा वैचारिक विवाद

मंसिर ११, २०७३ मा प्रकाशित | 890 views

काठमाडौं,मंसिर ११ । पार्टी एकीकरणको साता नबित्दै राप्रपाभित्र वैचारिक विवाद देखिएको छ । सोमबार राजधानीमा कार्यक्रम आयोजना गरी एकीकरण घोषणा गरिएको राप्रपामा राजतन्त्रका विषमा विवाद देखिएको हो।

एक अन्तर्वार्तामा राप्रपाका राष्ट्रिय अध्यक्ष पशुपतिशमशेर राणाले रोखेको पार्टी गणतन्त्रमा गइसकेकाले फेरि राजतन्त्रमा नफर्कने धारणाप्रति पार्टी अध्यक्ष कमल थापा पक्षले आपत्ति जनाएका थिए।

‘पशुपति राणाको अभिव्यक्ति एकताको भावना र पार्टीको आधिकारिक धारणाविपरीत छ, शीर्ष नेताबाट कार्यकर्तामा भ्रम नपारौं’ भन्दै पार्टी अध्यक्ष थापानिकट रहेका सहप्रवक्ता मोहन श्रेष्ठले ट्वीटसमेत गरेका छन् जसालाई थापा स्वयंले रिट्विट गरेका छन्। हिन्दु राष्ट्र पक्षधर राप्रपा नेपाल र राप्रपाबीच सोमबार एकीकरुण भएको थियो । यो खबर हामीले आजको नागरिक दैनिकबाट लिएका हौ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web