१० मंसिर, काठमाडौं ।
प्रशान्त महासागरमा केही घण्टा अघि ७.२ रेक्टर स्केलको शक्तिशाली भूकम्प आएको छ ।

भूकम्पपछि निकारागुवामा सुनामिको चेतावनी जारि गर्दै त्यहाँको सरकारले आफ्ना नागरिकलाई समुन्द्रदेखी १ किलोमिटर नजिक नबस्न भनिएको छ । भूकम्पपछि जारी गरिएको चेतावनीमा भूकम्पको केन्द्रभन्दा तीन सय किलोमिटर टाढासम्म खुनामीको छाल आउन सक्ने जनाइएको छ ।

मध्य अमेरिकी देश निकारागुआसँगै एल सालभाडोरमा समेत भूकम्पले असर पारेको छ ।

‘प्यासिफक सुनामी वार्निङ सेन्टर’ ले सुनामीको चेतावनी जारी गरेको छ । अमेरिकी भूगर्भ विभाग युएसजिएसले भूकम्पको मापन अधिकतमा ७.२ रेक्टर स्केलको भएको उल्लेख गरेको छ ।

भूकम्पको केन्द्र एल सालाभाडोरबाट करिब १२० किलोमिटर पर रहेको छ । भूकम्पको झट्का निरागुआको राजधानी मनागुआमा पनि महसुस गरिएको थियो ।

समाचार संस्था एपीका अनुसार कोस्टारिकामा पनि तुफानको सम्भावना देखिएको भन्दै संकटकाल लगाइएको छ । र, तटीय क्षेत्रमा रहेका करिब चार हजार मानिसलाइ सुरक्षित स्थानमा जान भनिएको छ ।

भूकम्पबाट तत्काल कुनै मानविय क्षति नदेखिएपनि भौतिक क्षतिका विवरणहरु आउने क्रम जारी रहेको बताइएको छ ।

20.12¡ÆC