प्रचण्डले फकाउँदै धम्क्याउँदै सहयोग मागेपनि ओली आफ्नै अडानमा अडिग

मंसिर १०, २०७३ मा प्रकाशित | 997 views

१० मंसिर, काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल संविधान संशोधन प्रक्रियामा सामेल नहुेन निर्णय गरेको प्रमुख प्रतिपक्षी नेकपा एमालेको सहमति जुटाउन सक्रिय छन् ।

एमालेसँग बिहीबार भएको संशोधन विधेयक दर्ताअघिको अन्तिम भनिएको छलफलमा पनि दाहाल सहमति जुटाउन सफल भएनन् ।

सहमतिका लागि संशोधन विधेयक संसदमा दर्तापछि पनि प्रयास जारी राख्ने उनको योजना छ ।

नेपाली कांग्रेस–नेकपा माओवादी केन्द्र गठबन्धन सरकार संविधान संशोधन विधेयक दर्ताको अन्तिम तयारीमा रहेको आजको नागरिक दैनिकमा समाचार छ ।

एमालेका भीम रावल र वामदेव गौतम तथा माओवादीका उपप्रधान तथा अर्थमनत्री कृष्णबहादुर महरासहित बिहीबार भएको छलफलमा दाहालले ओलीलाई संशोधनमा सहमति जनाउन पटकपटक आग्रह गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web