लोकमानसिंह कार्की बिरुद्धको महाभियोगको छलफलमा कसले के बोले ?

कार्तिक २६, २०७३ मा प्रकाशित | 612 views

२६ कार्तिक, काठमाडौं ।
व्यवस्थापिका– संसद्मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिँह कार्की विरुद्धको महाभियोग प्रस्ताव माथिको छलफलशुरु भएको छ ।

आज १७ जना सांसदहरुले छलफलमा भागिलनुभयो बैठकमा भाग लिने अधिकांश सदस्यले महाभियोगको पक्षमा आफनो धारणा जाहेर गर्नुभएको थियो ।

उहाँहरुले निलम्बित प्रमुख कार्कीले संविधान र कानुनको उपहास गरेको, पदीय आचरण विपरितको काम गरेको तथा सार्वभौमसत्ता सम्पन्न संसद्लाई बेवास्ता गरको बताउनुभयो ।

आजको बैठकमा सांसद मिलन राजवशी, यशोदाकुमारी लामा, शेरबहादुर तामाङ, जगदीशनरसिंह केसी, राजाराम स्याङताङ, भरत साउद, पाँचकर्ण राई, सीता गिरी, सुरेन्द्र चौधरीलगायतले भाग लिनुभएको थियो ।

आजकै बैठकमा सांसदहरुको पारिश्रमिक र सुविधा बढाउने सम्बन्धी विधेयकको प्रस्ताव आज प्रस्तुत भएको छ ।

कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजय शंकर नायकले संघीय संसदका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधा सम्बन्धी विधेयक २०७३ बैठकमा प्रस्तुत गर्नु भएको हो ।

संसदको अर्को बैठक कार्तिक २९ गते सोमबार बस्ने छ ।

ब्यवस्थापिका संसदको बैठक

व्यवस्थापिका संसदको आजको बैठक मधेशवादी दलका सांसदहरुले बहिष्कार गर्नु भएको छ ।

आन्दोलनरत मधेशवादी दल र सरकार बीच भएको तीन बुँदे सहमति अझै कार्यान्वयन नभएको आरोप लगाउँदै मधेशवादी दलका सांसदहरुले बैठक बहिष्कार गर्नुभएको हो ।

बैठक बहिष्कार गर्नु अघि सभामुखसँग समय लिएर संघिय समाजवादी फोरमका नेता सांसद अशोक कुमार राईले मधेशी दल र सरकार बीच भएको सहमति कार्यान्वयन गर्ने सम्बन्धमा मन्त्री परिषद्ले निर्णय गरेर पनि कार्यान्वयन नभएको र कार्याकर्ता  थुन्ने एवं मुद्दा लगाउने कार्य जारी रहेको अवस्थामा बैठकको आजको कार्वाहीमा मधेशवादी दलको समर्थन रहन नसक्ने भन्दै बैठक बहिष्कार गर्नु परेको बताउनु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web