प्रधानमन्त्री भन्छन्-‘सबै वर्ग र क्षेत्रको भावना समेटेर संविधान संशोधन हुँदैछ’

कार्तिक २३, २०७३ मा प्रकाशित | 776 views

२३ कार्तिक, काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहालले सबै वर्ग र क्षेत्रका जनताको भावनालाई समेटेर संविधान संशोधनको अन्तिम तयारी भैरहेको बताएका छन् ।

प्रधानमन्त्री दाहालले संखुवासभाको खाँदवारीमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुंदै सरकारले मुलुकको विकास र संविधानको कार्यान्वयनलाई पहिलो प्रथमिकतामा राखेको बताए ।

राष्ट्रिय गौरवका आयोजनाहरुको निरीक्षणको क्रममा माथिल्लो तामाकोशी, विराटनगर किमाथांका सडक तथा खोटाडं र संखुवासभा जिल्लामा पर्ने मध्यपहाडी लोकमार्गको स्थलगत निरीक्षण पछि खादवारीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले अरुण क्षेत्र र विराटनगर किमाथांका सडक नेपालको विकासको लागि महत्वपूर्ण रहेको बताए ।

प्रधानमन्त्री दाहालले नेपालले प्रकृतिक सम्पदाहरुको प्रभावकारी उपयोगका लागि क्षिमेकी देशहरुसंगको त्रिदेशिय सम्बन्धलाई अघि बढाउन आवश्यक भएको बताए ।

यस अघि मध्यपहाडी लोकमार्गको निरीक्षणको क्रममा खोटाडंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले  आप्नो नेतृत्वको सरकार राष्ट्रिय सहमति निर्माण गर्ने, राष्ट्रिय एकता सिर्जना गर्ने, संविधान संशोधन गरेर त्यसलाई फराकिलो बनाउने, पुनःनिर्माणलाई गति दिने तथा छिमेकीसँगको सम्बन्धलाई सुधार गर्नु केन्द्रित रहेको बताए ।

प्रधानमन्त्री दाहालले निर्माणाधीन सबै विकासे योजना तोकिएकै मितिमा सम्पन्न गर्न पनि सरोकारवालाहरुलाई निर्देशन दिए ।

बिकास आयोजनाको अनुगमनमा प्रधानमन्त्री दाहालसंगै निमित्त मुख्य सचिव टङ्कमणि शर्मा, भौतिक योजना तथा निर्माण मन्त्रालयका सचिव लगायतको सहभागिता थियोे ।

आजै प्रधानमन्त्री दाहालले दोलखास्थित माथिल्लो तामाकोसी जलविद्युत् आयोजनालाई आगामी ६ महिनाभित्र सम्पन्न गरे सरकारले कर्मचारीलाई पुरस्कृत गर्ने बताए ।

आयोजनाको स्थलगत अनुगमन तथा निरीक्षण पछि प्रधानमन्त्री  दाहालले आयोजनालाई सरकारले छिटो सम्पन्न गर्न जस्तोसुकै सहयोग गर्ने बताए ।

कार्यक्रममा माथिल्लो तामाकोशी आयोजनाका प्रवक्ता डाक्टर गणेश न्यौपानेले राष्ट्रिय गौरवको र स्वदेशी पुँजीमा निर्माणाधीन चार सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको निर्माण कार्य ८२ प्रतिशत सम्पन्न भएको बताए ।

विसं २०६८ बाट निर्माण सुरु भएको आयोजना २०७४ साल असारसम्म निर्माण सम्पन्न हुनुपर्नेमा २०७२ सालको भूकम्प, निरन्तरको पराकम्प र नाकाबन्दीले प्रतिकूल असर गरेकोले ८१.९० प्रतिशत निर्माण कार्य सम्पन्न भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web