सहमतीमै संविधान संशोधन हुँदैछ-प्रधानमन्त्री

कार्तिक २२, २०७३ मा प्रकाशित | 782 views

२२ कार्तिक, काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांगेस एमाले माओबादी र मधेशकेन्द्रित दलबीच सहमतिमै संबिधान संशोधन जारी गरि निर्बाचनमा जाने बिषयमा सकारात्मक छलफल भैरहेको बताएका छन् ।

मानब अधिकार तथा शान्ति समाजको नेतृत्वमा पुगेको अधिकारकर्मीको टोलीसंग आज कुराकानी गर्नुहुंदै प्रधानमन्त्री दाहालले संबिधान संशोधन कार्यान्वयन र तीनै तहको निर्बाचन गर्ने बिषयमा दलहरु सहमति नजिक पुगेको बताए ।

प्रधानमन्त्री दाहालले संसदमा प्रस्तुत भैसकेको अख्तियार प्रमुख बिरुद्धको महाअभियोग प्रस्ताब पारित गर्नु पर्ने बताए ।

उनले लोकतन्त्रको रक्षका लागि पनि संसदमा पेश भएको प्रस्ताब पारित हुनु पर्ने बताए ।

समाजका अध्यक्ष गंगाधर अधिकारी मानबअधिकारबादी नेता कृष्ण पहाडी कृष्ण कंडेल लगायत अधिकारकर्मीहरुले लोकतन्त्रको प्रबद्र्धनका लागि निर्बाचन गर्नु पर्ने अख्तियार प्रमुखलाई कारबाही गर्नु पर्ने हिमालयको संरक्षणका लागि कार्ययोजना ल्याउनु पर्ने बिषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

आजै शान्ति समाजका प्रतिनिधि मण्डलसंगको भेटमा एमाले अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्रको प्रबद्र्धनका लागि निर्बाचन अपरिहार्य रहेको बताएका छन् ।

अध्यक्ष ओलीले संसदमा पेश भैसकेको महाअभियोगक प्रस्ताब प्रमुख तिन वटै दलको सहमतिमा पािरत हुने बिश्वास पनि व्यक्त गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web