फ्रान्समा पूर्वयुवराज पारसका साथी सुमितद्धारा आत्महत्या

कार्तिक २२, २०७३ मा प्रकाशित | 997 views

२१ कार्तिक, काठमाडौं ।
फ्रान्समा नेपाली युवा सुमित राईले आत्महत्या गरेका छन् । पूर्वयुवराज पारस शाहका साथी रहेका राईले आत्महत्या गरेपछि शाहले सामाजिक सञ्जाल फेसबुक मार्फत श्रद्दाञ्जली समेत दिएका छन् ।

प्राप्त जानकारी अनुसार राईले रेलको लिगमा हामफालेर आत्महत्या गरेका हुन् । मृतक राई ४५ वर्षका रहेका र उनको मृत्यु यहि २ तारिखमा भएको खुल्न आएको छ ।

घटनापछि पूर्वयुवराज पारसले फेसबुकमा राईको तस्वीर पोष्ट गरेर श्रद्धाञ्जली दिएका छन् । राईको रेलले किचेर शव क्षतविक्षत भएको बताइएको छ ।

बूढानीलकण्ठमा बाल्यावस्थादेखीनै सँगै पढेका शाह र राईको मित्रता पछिसम्म रहेको बताइन्छ ।

कागजी रुपमा बिवाह गरेर फ्रान्स गएका उनी फ्रन्स पुगेपछि बिवाह गरेको भनिएकी फ्रान्सकी युवतीकै करण डिप्रेसनमा परेको बुझिएको छ ।

बाह्र वर्षसम्म विदेशमा बसेका सुमित एक महिनाअघि मात्रै नेपाल आएका थिए । काठमाडौं आएका बेला उनले पारस शाहलगायत आफ्ना पुराना साथीभाइहरुसित भेटघाट गरेको बुझिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web