तराई-मधेस जागरण अभियान शसक्त बनाउँदै एमाले

कार्तिक २०, २०७३ मा प्रकाशित | 628 views

२० कार्तिक, काठमाडौं ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले तराई-मधेसमा आफूविरुद्ध लगाइएको आरोपको प्रतिवाद गर्दै संविधान बुझाउँदै जनतामा जने अभियान सुरु गरेको छ ।

तराई मधेसमा विशेष पर्वको रुपमा मनाइने छठको अवसर पारी एमालेका आधा दर्जन पदाधिकारी जनकपुर पुगेर तराई मधेसमा जनता जगाउने अभियान अघि बढाएका आजको राजधानी दैनिकमा समाचार छ ।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आवद्ध तराई मधेस  केन्द्रीत दल र सत्तारुढ कांग्रेस माओवादीले एमालेलाई तराई मधेसविरोधी आरोप लगाउँदै आएपछि जनताकै बीचमा पुगेर संविधानले तराई मधेसका जनतालाई दिएको अधिकार र आफ्नो नेतृत्वको सरकारले तराई र मधेसमा अघि बढाएका विकास निर्माणको कामबारे प्रष्ट पार्न एमालेका आधा दर्जन पदाधिकारी जनकपुर पुगेका हुन् ।

छठको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमलाई निकै महत्व दिएर एमाले वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, इश्वर पोखरेल, घनश्याम भुसाल, प्रदीप ज्ञवाली, गोकर्ण विष्ट लगायत एक दर्जन नेता तराई गएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web