दशैं तिहारमा मुस्ताङबाट ५ हजार भेडा च्याङग्रा बाहिरियो

कार्तिक १७, २०७३ मा प्रकाशित | 825 views

१७ कार्तिक, मुस्ताङ ।
नेपालीको दोस्रो ठूलो पर्व तिहारलाई लक्षित गरी हिमाली जिल्ला मुस्ताङबाट पाँच हजार भेडा च्याङग्रा बाहिरिएका छन् ।

दसैंभन्दा तिहारमा एकदमै न्यून मात्रामा भेडा च्याङ्ग्रा बाहिरिन्छन् । दसैंमा यसबर्ष २१ हजार भेडाच्याङग्रा मुस्ताङ जिल्लाबाट निर्यात भएको थियो ।

जिल्ला कृषि विकास कार्यालय मुस्ताङले म्याग्दी र मुस्ताङको सिमाना घासाबाट हरेक दसैँ र तिहारमा जिल्लाबाट बाहिरिने भेडाच्याङ्ग्राको तथ्याङ्क सङ्कलन गर्दै आएको छ । तिहार आसपासमा पाँच हजार च्याङ्ग्रा निर्यात भएको कार्यालयका खरिदार राजेन्द्र समान्तले जानकारी दिनु भयो ।

तिहारमा १० देखि १३ हजारको हाराहारीमा बिक्रीवितरण भएको थियो । मुस्ताङको तल्लोभन्दा उपल्लो क्षेत्रमा व्यावसायिक रुपमा च्याङ्ग्रापालन गरिएको छ । लोमान्थाङसहित छोसेर, छोन्हुप, घमी, मुक्तिनाथ, घमी र सुर्खाङ गाविस भेडाच्याङ्ग्रा पाल्नका लागि पकेट क्षेत्र हुन् ।

दसैँमा बिक्री भएको भेडाच्याङ्ग्रा बजारमा पूर्णरुपले बिक्री भइनसकेका कारण तिहारमा कम च्याङ्ग्रा निर्यात भएको जिल्ला पशु सेवा कार्यालयका प्रमुख डा। नन्दलाल बर्माले जानकारी दिए। मुस्ताङबाट बाहिरिने च्याङ्ग्रा बेनी, पोखरा, बाग्लुङ, कुश्मा, चितवन र काठमाडौँसम्म पुग्ने गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web