भारतीय राष्ट्रपति नेपाल आउँदै

कार्तिक १६, २०७३ मा प्रकाशित | 1046 views

काठमाडौं ।
भारतका राष्ट्रपति प्रणव मुखर्जीको बुधवारबाट हुने नेपालको ३ दिने राजकीय भ्रमणको तयारी पूरा भएको भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा मुखर्जीबाट हुन लागेको राजकीय भ्रणमका लागि आवश्यक सुरक्षासहित सबै प्रबन्ध मिलाइसकिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भारतका राष्ट्राध्यक्षको भ्रमण हुँदा सुरक्षालाई मुख्य प्राथमिकता राखी सम्पूर्ण तयारी पूरा गरिएको परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले जानकारी दिनुभयो ।

उहाँको सम्मानमा सरकारले बुधबार सार्वजनिक बिदा दिने निर्णय गरिसकेको छ । यद्यपी यसको जनस्तरबाट व्यापक बिरोध भइरहेको छ ।

अठार वर्षपछि भारतीय राष्ट्रपतिको नेपाल भ्रमण हुन लागेको हो । यसअघि भारतीय राष्ट्रपति केआर नारायणनले विसं २०५५ जेठ १४ गते नेपालको भ्रमण गर्नुभएको थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा आफ्ना भारतीय समकक्षी मुखर्जीलाई स्वागत गर्नुहुनेछ ।

त्यसपछि राष्ट्रपति भण्डारीसँग भारतका राष्ट्रपति मुखर्जीले शीतल निवासमा भेटवार्ता गर्नुहुनेछ । उहाँको सम्मानमा राष्ट्रपति भण्डारीले बुधबार साँझ रात्रिभोजको आयोजना गर्ने कार्यक्रम रहेको
छ ।

भारतका राष्ट्रपतिले बिहीबार पशुपतिनाथको पूजाअर्चना गर्नुहुनेछ भने सोही दिन उहाँलाई काठमाडौँ विश्वविद्यालयले मानार्थ उपाधि प्रदान गर्नेछ । भारतका राष्ट्रपतिको सम्मानमा नागरिक अभिनन्दन पनि हुनेछ ।

उहाँले नेपाल–भारत नीति अनुसन्धान प्रतिष्ठानले आयोजना गर्ने कार्यशालालाई पनि सम्बोधन गर्नुहुनेछ ।

राष्ट्रपति मुखर्जीले भ्रमणका बेला विभिन्न राजनीतिक दलका नेताहरुसँग पनि शिष्टाचार भेट गर्नुहुने कार्यक्रम रहेको छ ।

भारतका राष्ट्रपतिले शुक्रबार जनकपुरको भ्रमण गरी त्यहाँस्थित जानकी मन्दिरमा पूजाअर्चना गर्नुहुने र उहाँको सम्मानमा त्यहाँ नागरिक अभिनन्दन गरिनेछ । सोही दिन भारतीय राष्ट्रपति पोखराको भ्रमणमा पनि जानुहुनेछ । राष्ट्रपति मुखर्जी शुक्रबार काठमाडौँबाट नयाँदिल्ली प्रस्थान गर्नुहुनेछ ।

भारतका राष्ट्रपति प्रणब मुखर्जीको कार्तिक १९ गते हुने जनकपुर भ्रमणको पनि व्यापक तयारी भइरहेको छ ।

जनकपुरस्थित जानकी मन्दिरलाई विशेष रुपमा सजाउने र सरसफाई गर्ने काम भइरहेको छ ।

जनपुरमा भारतीय राष्ट्रपतिको स्वागतका लागि स्थानीयबासी उत्साहित रहेका जनकपुरस्थित हाम्रा सम्बाददाता अजयझाले बताएका छन्  ।

भारतीय राष्ट्रपति भ्रमण सवारी पूर्वाभ्यास

भारतीय राष्ट्रपति प्रणव मुखर्जीको यही कात्तिक १७ देखि १९ गतेसम्म हुने नेपाल भ्रमणका लागि सवारी आवागमनको पुर्व अभ्यास आज गरिएको छ ।

भ्रमणको क्रममा सवारी आवागमनमा केही असहजता आउने भएकाले ती दिनका विभिन्न समयमा वैकल्पिक सडक मार्गको प्रयोग गर्न ट्राफिक प्रहरीले सर्वसाधारणलाई अनुरोध गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web