१३ कार्तिक, काठमाडौं ।
नेपाली राजदूत भएर उल्टै भारतीय पक्षमा कामगर्ने पाइएपछि यसअघिको सरकारले फिर्ता बोलाएका असक्षम राजदूत दीपकुमार उपाध्याय पुन भारतका लागि राजदूत नियुक्त भएका छन् ।

भारतीय राष्ट्रपति प्रणव मूखर्जीको नेपाल भ्रमणको पूर्व सन्ध्यामा भारतीय दवावमा काँग्रेस माओवादी सरकारले सिफारिस गरेका काँग्रेस नेता उपाध्यायलाई राष्ट्रपति विद्याभण्डारीले राजदूतमा नियुक्त गरेकी हुन् ।

त्यसैगरी गुल्मी बलेटक्सारका लीलामणि पौड्याललाई जनवादी गणतन्त्र चीनका लागि नेपाली राजदूतमा नियुक्त गरिएको छ ।

नेपाल सरकारको मूख्य सचिव पदमा रहेर काम गरेका सक्षम र स्वच्छ छवि बनाएका पौड्यालको नियुक्तीपछि चिनसँग नेपालको दौंत्य सम्वन्ध झनै प्रगाढ हुने आम अपेक्षा गरिएको छ ।

राष्ट्रपति भण्डारीले नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा उपाध्याय र पौड्याललाई राजदूतमा नियुक्त गरेकी हुन् ।

असक्षम घोषित गरेर फीर्ता बोलाइका नवनियुक्त राजदूत उपाध्यायलाई मन्त्रिस्तरको कूटनीतिक दर्जा समेत दिइएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

28.12¡ÆC