हिलारी क्लिनटनको इमेल एफबीआईले जाँच गर्ने, राष्ट्रपति चुनाव नतिजा प्रभावीत हुने

कार्तिक १३, २०७३ मा प्रकाशित | 1091 views

१३ कार्तिक, एजेन्सी ।
अमेरिकी सुरक्षा जाँच ब्यूरो एफबिआइले राष्ट्रपतिय चुनावकी उमेद्वार हिलारी क्लिनटको इमेल फेरी जाँच गर्ने भएको छ ।

एफवीआई निर्देशक जेम्स कोमेले अमेरिकी संसदलाई क्लिन्टनको इमेल जाँचको सूचना दिएका हुन् ।

कोमेले सांसदलाई पठाएको एक चिठ्ठीमा जाँचकर्ताले महत्वपूर्ण इमेल प्राप्त गरेको उल्लेख गर्दै एफबिआइले यसमा हात हाल्ने भएको बताएका छन् ।

उनले जाँचकर्ताले इमलेमा गोप्य जानकारी भए नभएको सुनिष्चित गर्न ईमेल जाँच गर्न लागेको बताएका छन् । एफबीआईले यसअघि डेमोक्रेटिक उमेदवारको व्यक्तिगत सर्वरमा गोप्य जानकारी भएको जनाएका थिए ।

कोमेले जाँच पूरा हुन कतिसमय लाग्छ भन्ने आफूले एकिन गर्न नसक्ने बताएका छन् ।

हिलारीको ईमेल जाँच गर्ने यस घटनाले अमेरिकी राष्ट्रपति चुनावको अतिजामा असर पर्ने ठानिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web