कार्की म्याद तामेली काण्डमा कर्मचारी आफु बच्न पोलापोल गर्दै

कार्तिक १२, २०७३ मा प्रकाशित | 1005 views

१२ कार्तिक, काठमाडौं ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीको म्याद तामेली प्रक्रियामा अवरोध गरेको आरोप लागेका तीन कर्मचारीहरु आरोप–प्रत्यारोपमा उत्रिएका छन् । कान्तिपुर दैनिकमा समाचार छ।

प्रशासनले उठाएको टिप्पणीका आधारमा कारबाहीको प्रस्तावमा परेका सर्वोच्च अदालतका तामेल्दार शम्भुबहादुर खत्री, काठमाडौं महानगरपालिकाकी वडा सचिव सरिता राई र वडाका नासु भेषराज अर्याल आरोप प्रत्यारोपमा उत्रिएका हुन् ।

सर्वोच्च अदालतमा उनीहरुले पेश गरेको लिखित जवाफमा एकले अर्कालाई आरोप लगाएका छन् ।

महानगरपालिकाको १० नम्बर वडा सचिव सरिता राईले तामेलदार खत्रीका कारण असोज १९ गते म्याद तामेल हुन नसकेको जनाएकी छन् भने नासु अर्यालले आफूलाई म्याद तामेलीबारे अख्तियारी नै नदिइएको दावी गरेका छन् ।

तामेल्दार खत्रीले भने वडा सचिवले तालिम र वृद्धभत्ता वितरणमा आफूलाई व्यस्त देखाएकाले जिम्मेवारी अनुसार काम सम्पन्न हुन नसकेको जवाफ दिएका छन् ।

तीनजनाले छुट्टाछुट्टै बुझाएको प्रतिवेदन हेर्दा उनीहरुबीच आ–आफ्ना दावी मेल खाँदैनन् । उनीहरुले कारबाहीबाट जोगिन एक अर्कालाई जिम्मेवार ठहर्‍याएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web