४ कार्तिक, काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको नेकपा माओवादी केन्द्रले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की विरुद्ध महाअभियोग नलगाउने निर्णय गरेको छ ।

संसदमा दर्ता गरिएको महाअभियोगका विषयमा सत्ता साझेदार दल नेपाली कांग्रेससँग छलफल गरेर अघि बढ्ने भन्दै उसले कार्कीको बचाउ गर्ने निर्णय गरेको हो ।

नेकपा माओवादी केन्द्रको आज विहान लाजिम्पाटमा बसेको केन्द्रिय कार्यालयको बैठकले सभामुख ओनसरी घर्ती र नेपाली कांग्रेससँग छलफल गरेर अख्तियार प्रमुख कार्की विरुद्धको महाअभियोगको प्रक्रिया अघि बढाउने निर्णय गरेको माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले जानकारी दिनुभयो ।

बैठकमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रचण्ड सहभागी हुनु भएको गोवा सम्मेलन र त्यहाँ भएका द्विपक्षीय र त्रिपक्षीय छलफल तथा दुई देशीय र त्रिदेशीय सम्बन्ध सुदृढ बनाउन सकारात्मक रहेको बैठकले समिक्षा गरेको पनि प्रवक्ता भुसालले जानकारी दिनुभयो ।

32.48¡ÆC