दशै सकिएसँगै हवाई उडानका लागि यात्रुको चाप बढयो

अशोज २८, २०७३ मा प्रकाशित | 984 views

२८ असोज, भोजपुर ।
दशैंमा टिका लगाएसँगै भोजपुरबाट बिराटनगर र काठमाण्डौ जानका लागि हवाई उडानको लागि यात्रुको चाप बढन थालेको छ ।

काठमाडौ र बिराटनगर जाने यात्रुको चाप बढेको नेपाल बायु सेवा निगम भोजपुरका स्टेशन म्यानेजर नारायण पुरीले बताए । टिकटका लागि अहिले नेपाल बायु सेवा निगमको कार्यालय अगाडीको भित्ता समेत नामावलीले भरिएको छ । निगमको कार्यालयको भित्तामा आगामी कार्तिक २७ गतेसम्मका लागि टिकटको नामावली टाँस गरिएको छ ।

नेपाल बायु सेवा निगमले एक हप्ता अगाडी मात्र लाइनबाट ८ वटा टिकट बिक्रि गर्दे आइ रहेको भए पनि टिकटका लागि तिहार पछाडीसम्मका लागि नाम टाँस हुन थालेको कार्यालय प्रमुख पुरीको भनाई रहेको छ । नेपाल बायु सेवा निगमले जिल्ला प्रशासन कार्यालयका लागि २, नेपाली सेना १, नेपाल प्रहरी १ र जिल्ला अस्पतालमा रहेका बिरामीका लागि २ वटा सिट समेत प्रत्येक उडानका लागि दिदै आई रहेको नेपाल बायु सेवा निगम भोजपुरले जनाएको छ । ती कार्यालयहरुलाई दिएको सिटमा ती कार्यालयका सम्वन्धित नभएमा लाइनमा बसेकाहरुबाट उडाइने निगमका प्रमुख पुरीले जानकारी दिए ।

भोजपुर विमानस्थलमा नेपाल वायुसेवा निगमको जहाजले सोमवार, मंगलबार, बिहिवार र शनिबार काठमाडौं ४ वटा र सोमवार, मंगलबार, बिहिवार बिराटनगरका लागि ३ उडान गर्दे आई रहेको स्टेशन म्यानेजर नारायण पुरीले बताए ।

यता निजी उडान गर्दे आइरहेको तारा एअरलाइन्सको जहाजले भने बिहिवार काठमाण्डौ भोजपुर १ उडान गर्दे आइ रहेको छ । ताराले गएको असोज १३ गतेबाट भोजपुरमा पुन उडान शुरु गरेको हो । ताराले चार महिनासम्म भोजपुरमा उडान बन्द गरेको थियो । तारामा अहिले यात्रुको चाप बढेको बताइएको छ ।

हिले भोजपुर नारदमणी थुलुङ्ग सहायक राजमार्गमा समेत बर्षातका कारण सहजरुपमा यातायातका साधन संचालनमा आउन समस्या भैरहेकोले हवाई उडानका लागि चाप बढेको निगमले जनाएको छ । टिकटका लागि यात्रुको चाप बढी रहेको अवस्थामा मौसमका कारण हवाई उडान समेत नियमित हुन नसक्दा थप समस्या भएको निगमका प्रमुख पुरीको भनाई रहेको छ ।

सडक कच्ची भएका कारण यातायातका साधनमा आवतजावत गर्न पनि समस्या हुने गरेको र धरान पुग्न समेत २ दिन लाग्ने भएकाले हवाई उडानमा चाप बढको स्थानियवासी राजिव श्रेष्ठ बताउँछन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web