किन राजदुतहरु मुस्ताङ भ्रमण आउन थाले ?

अशोज २५, २०७३ मा प्रकाशित | 1344 views

हिमाल पारीको जिल्ला मुस्ताङ भौगोलिक रुपमा भिन्न र सुन्दर मानिन्छ र झन् उपल्लो मुस्ताङको सौन्दर्यताको त बेग्लै किसिमको विशेषता भएको र कोरला नाकाले विभिन्न देशका पर्यटनहरु घुम्न र अध्ययन तथा अनुसन्धानका लागि समेत आउने गरेको पाइन्छ तर भारतद्वारा अघोषित नाकाबन्दी पश्चात् विभिन्न अन्य नाकाहरु बन्द भएपछि निकै चर्चामा आएको कोरला नाका खुलाउने लगभग निस्छित भए पछ्यात यस बारेमा बुझ्न या अनुसन्धानका लागि विभिन्न पश्चिमी मुलुकका राजदुतहरुको मुस्ताङ भ्रमण निकै नै बढ्न थालेको छ ।

केही समय अघि मात्र मार्च १९ तारिखमा जर्मन राजदुत ‘माथिस मेयर’ मुस्ताङको भ्रमण गरेर गइसकेको भएता पनि लगातार चौथो पटक अक्टोबर ७ मा फेरि उनी मुस्ताङ भ्रमणमा आएका छन् ।

त्यसै गरि अमेरिकी राजदूत ‘ एलिना बि ट्रिप्लिट्’ ले जुन १२, २०१६ मा उपल्लो मुस्ताङ सम्मको भ्रमण गरेकि थिइन् ।

त्यसरी नै अष्ट्रेलियन राजदूत ‘जेलिन वाईट’ ले अगष्ट २२ तारिख र भारतिय राजदुत ‘रन्जित राय’ ले यहि सेप्टेम्बर २१मा मुस्ताङ भ्रमणमा आएका थिए । यसरी किन पटकपटक विभिन्न देशका राजदूतहरु मुस्ताङ भ्रमण आउछन् त ?

उपल्लो मुस्ताङ सम्म भ्रमण भनी कोरला नाका चीन बोर्डर सम्म पनि राजदूतहरु पुगेको पाइन्छ ।

विभिन्न राजनीति वा केही न केही कारण वा उद्देश्यका साथ उनीहरु यहाँ आएका हुन सक्छ । प्रशासन , नेताहरु र मुस्ताङबासीले समेत यो कुरा बुझ्नु जरुरी देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web