काश्मिरमा बिद्रोही र भारतीय सेनाबिच भिडन्त जारी

अशोज २५, २०७३ मा प्रकाशित | 1466 views

२५ असोज, एजेन्सी ।
भारत प्रशासित काश्मिरको पन्पोरमा सुरक्षाकर्मी र बिद्रोहीबिच भिडन्त भइरहेको छ ।

समाचार अनुसार पन्पोरको एक भवनमा लुकेका बिद्रोही र सुरक्षाकर्मीबिच सोमबार बिहानदेखि सुरु भएको भिडन्त अहिले पनि जारी छ ।

भिडन्तको क्रममा एक जना सुरक्षाकर्मी घाइते भएको भारतीय सेनाले जनाएको छ ।

सेना, सीमा सुरक्षा बल, केन्द्रिय रिजर्व प्रहरी बल र प्रहरीसहित संयुक्त टोलीले भवनलाई घेराबन्दी गरेको छ । आसपासको क्षेत्रमा करफ्यु लगाइएको छ ।

श्रीनगर–जम्मु राजमार्गमा पर्ने आन्त्रपेन्योर डेभलपमेन्त इन्स्टिच्युडको यो भवनमा लुकेका बिद्रोही र सुरक्षाकर्मीबिच भिडन्त भइरहेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web