पाकीस्तानलाई चिनको साथ ! चीनले भारत बग्ने ब्रह्मपुत्र नदीमा बाँध लगायो

अशोज १५, २०७३ मा प्रकाशित | 1692 views

१५ असोज, एजेन्सी ।
भारतीय सेनाले दुई पाकीस्तानी सेनाको हत्या गरेपछि दुई देशबिच युद्धको सम्भावना बढ्दै गइरहेका बेलामा चीनको भारत जाने ब्रम्हपूत्र नदी रोकेको छ ।

भारतले पाकिस्तान बग्ने आफ्नो देशको सिन्धु नदि रोक्ने चेतावनी र सिंधु नदि सम्झौताको समिक्षा बैठक स्थगित गरेर पाकिस्तानलाई युद्धतर्फ उक्साउने काम गरिरहेका बेलामा चिनले आफ्नो देशबाट भारत बग्ने ब्रम्हपूत्र नजिको एक मुख्य सहायक नदिनै रोकिदिएको हो ।

चीनले बाँध बनाएर ब्रम्हपुत्रको पानी रोकेर जलविद्युतसँगै सिंचाईमा समेत प्रयोग गर्ने भएको छ । चीनको यो कदमपछि भारत मात्र नभई बंगलादेशको एक क्षेत्रमा खानेपानिको हाहाकार हुने देखिएको छ ।

चीनबाट बग्ने ब्रह्मपुत्र नदी भारतको अरुणाञ्चल प्रदेश र असम हुँदै बंगलादेशसम्म पुग्छ । यो जलविद्युत परियोजना चीनको सबैभन्दा महंगो परियोजनाको रुपमा अघि बढिरहेको छ ।

चीनले बाँध बनाएर ब्रह्मपुत्रको पानी रोकेर जलविद्युतसँगै सिँचाईमा समेत प्रयोग गर्ने भएपछि भारत र बंगलादेशका उक्त नदिमा आश्रित लाखौं प्रभावित हुने भएका छन् । जसबाट भारत र बंगलादेशमा खानेपानीको हाहाकार मच्चिने भएको छ ।

७ सय ५० मिलियन युएस डलरको लगानीमा तिब्बतको यारलुंग जेंगबो नामको उक्त सहायक नदिबाट विद्युत उत्पादन गर्न लागेको चिनले यो आफ्नो देशकै महत्वपूर्ण परियोजना भएको बताएको छ ।

सिक्किमाबाट नजिक पर्ने उक्त नदिबाट बगेको पानीकै भरमा भारतको अरुणाञ्चल प्रदेश रहेको छ । यदी उक्त नदि चिनले भनेजस्तै गरि रोकिएमा भारतमा यसको गम्भिर असर पर्नेछ ।

भारतीय मिडियाहरुले भने यसलाई चीनले पाकिस्तानले भारत पाकिस्ताद युद्ध संभावनाको नजिक पुगेको बेलामा दिएको साथको रुपमा व्याख्या गरेका छन् । उनिहरुले चिनको यो कदमबाट भारत चिनबिचको सम्वन्धमा तिक्तता आउने भन्दै यसले भारत पाकिस्तान युद्ध सम्भावना झनै बढेको टिप्पणी गरेका छन् ।

शनिबार चीनको सरकारी समाचार एजेन्सीले सन् २०१४ देखि सुरु भएको चीनकै सबैभन्दा महँगो यो परियोजना सन् २०१९ मा निर्माण सम्पन्न गर्ने बताएको छ ।

चीनले भने पानी रोकेर भारत वा बंगलादेशलाई अप्ठेरो पार्ने आफ्नो कुनै उद्देश्य नरहेको भन्दै आफ्नो देशको नदिबाट विद्युत उत्पादन र लाखौं आफ्ना जनताको लागि सिंचाइमा सदुपयोग गर्न लागेको भन्दै यो चिनको आफ्नो अधिकार र आन्तरिक विषय भएको बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web