१५ असोज, काठमाडौं ।
स्वास्थ्य क्षेत्रमा सुधारको माग राखी ६ दिनदेखि आमरण अनशनमा बसेका सामाजिक अभियन्ता डाक्टर गोविन्द केसीको समर्थनमा शनिबार राजधानीमा स्वस्फूर्त जनप्रदर्शन भएको छ ।

डा. केसीको पक्षमा भएको प्रदर्शनमा प्रदर्शनकारीहरूले केसीले अघि सारेका माग तत्काल सम्बोधन गर्न सरकारसँग माग राखेका छन् ।

केसीले चिकित्सा शिक्षासम्बन्धी विधेयक संसदको चालु अधिवेशनबाटै पारित गरिनुपर्ने, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीमाथि महाभियोग लगाइनुपर्नेलगायत माग राखेका छन् ।

माइतीघर मण्डलाबाट सुरु भएको प्रदर्शनमा चिकित्सा शिक्षाका विद्यार्थी, विभिन्न पेसाकर्मी र सर्वसाधारणको उपस्थिति थियो । प्रदर्शनकारीहरूले औषधि नपाएका गाउँका बिरामीलाई स्ट्रेचरमा बोकिएको प्रतीकात्मक अभिनयसमेत गरेका थिए ।

‘हाम्रो स्वास्थ्य हाम्रै हातमा हामी डाक्टर केसीको साथमा’, ‘अख्तियारको मर्यादा बचाऊँ’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका युवा प्रदर्शनमा सहभागी भएका थिए ।

17.58¡ÆC