१५ असोज, इलाम ।
इलाका प्रहरी कार्यलय पशुपतिनगर र सामुदायिक प्रहरी सेवा केन्द्र पशुपतिनगर एबं स्थानीय बासीको सक्रियतामा पुर्वी इलामको सिमावर्तित बजार पशुपतिनगर बजारमा हरेक महिनाको एक देखि दुईपटक सरसफाई गर्ने गरेको छ ।

बजार क्षेत्रमा हुने फोहोर सकलन गरी जल्नेलाई जलाउने नजल्नेलाई गाडने र पुन प्रयोग गर्न मिल्नेलाई पुन प्रयोग गर्ने गरीएको सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष कमल गदालले बताउनु भयो । सिमावर्तित बजार र भारतबाट नेपाल आउने एक नाका भएकोले नेपाल आउने पर्यटकहरुलाई सुरुमै सफा नेपाल देखाउन पाए पर्यटकहरु मा राम्रो प्रभाव पर्ने भएकोले पनि सफा र सुन्दर बजार निमार्णकोलागि घरअगाडी फोहोर नगर्न जनचेतना जगाउनको साथै फोहोर पनि सकंलन गर्ने गरेको गदालको भनाई छ ।

प्रहरी , सामुदायिक प्रहरी सेवा केन्द्रका प्रतिनिधि , उद्योग बाणिज्य सघँका प्रतिनिधि , होटल ब्यवसायी , बजार बासी , युवा बर्ग , सघँ सस्थाँका प्रतिनिधिको सहभागितामा बजार क्षेत्रमा भएको फोहोर सकंलन , फोहोर नगर्न सचेतना , डस्बीन ब्यवस्थापन लगायत गर्ने गरेको स्थानीय साबित्रा सिवाले बताउनु भयो ।

बिजयदशमीलाई मध्यनजर गर्दै यस पटक आजै घटस्थापनाको दिन सफा गरीएको र आगामी दिन पनि आवस्यक्ता हेरी दैनिक सफा गर्ने र दशैभर जनचेतना बिस्तार कार्यलाई जारी राखने उहाहरुको भनाई छ । दशैको अवसरमा पशुपतिनगरमा चहलपहल बढदैछ हरेक सोमबार हाट समेत लाग्ने गर्दछ ।

15.36¡ÆC