सिन्धुपाल्चोक,असोज १५ । अविरल वर्षापछि गएको पहिरोले घर पुरिँदा राम्चे-७ पुरानो गाउँमा एक जनाको मृत्यु भएको छ। दुई जना बेपत्ता भएका छन्। पुरानागाउँमा राति साढे २ बजे माथिबाट खसेको ढुंगासहितको ढिस्कोले भूकम्पपछि बनाएको टहरो पुर्दा ३५ वर्षीय रामकुमार तिमल्सिनाको मृत्यु भएको प्रहरीले जनाएको छ। घाइते हुनेमा चन्द्रकान्त तिमल्सिना र कमला तिमल्सिना छन्।

त्यस्तै बेपत्ता हुनेमा सम्झना तिमल्सिना र उद्वव तिमल्सिना छन्। बिहान साढे ३ बजेतिर राम्चे भीर ५० मिटर माथिबाट खसेको प्रहरी निरीक्षक इलाका प्रहरी कार्यालय बाह्रबिसेले जनाएको छ ।

17.17¡ÆC