जुवा तास खेल्ने पक्राउ

अशोज १४, २०७३ मा प्रकाशित | 961 views

१४ साउन, काभ्रे ।
बनेपा नगरपालिका–५ स्थित लहरमान कपालीको घरमा अबैध रुपमातास खेल्ने खेलाउने ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा काशीखण्ड नगरपालिका–१३ घर भई बनेपा नगरपालिका–५ नयाँ बस्ती बस्ने २७ बर्षीय  कृष्ण लामा, शिखर आम बाटो–५ घर भएका सुरेश लामा , काशीखण्ड–१३ घर भएका ४० बर्षीय काला तामाङ , बनेपा बस्ने ३७ बर्षीय दिपक थापा , ५० बर्षीय गोबर्धन भन्ने सिताराम दाहाल , ४६ बर्षीय सागर शाही, ६३ बर्षीय रामचन्द्र बजगाई , ६४ बर्षीय रामशरण पण्डीत र ६० बर्षीय लहरमान कपाली रहेका छन् ।

कपालीको घरमा जुवा तास खेली रहेको खबर प्राप्त भएपछि इलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई विहिबार नगद ९१ हजार ८ सय १५ रुपैयाँ र तास सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web