खाद्यान्न छैन के को दशैं ? दसैँको मुखमा पूर्वी पहाडमा खाद्यान्न संकट

अशोज १३, २०७३ मा प्रकाशित | 955 views

१३ असोज, पाँचथर ।
दसैँ तिहार नजिकिँदै जाँदा पूर्वी पहाडी जिल्ला पाँचथरको अधिकांश सडक अवरुद्ध हुँदा ग्रामीण भेगमा खाद्यान्न अभाव हुन थालेको छ ।

वर्षादका कारण ठाउँ ठाउँमा पहिरो झरेको हुँदा सदरमुकामलगायत झापाका विभिन्न सहर बजारबाट खाद्यान्नलगायत दैनिक उपभोग्य सामान ढुवानी गर्न नसक्दा ग्रामीण भेगमा खाद्यान्न अभाव हुन थालेको हो ।

पाँचथर जिल्लाको दुर्गम र उत्तर पूर्वी गाविसहरु मेमेङ, प्राङ्बुङ, दक्षिणी गाविसहरु सराङडाँडा, कुरुम्बा, लिम्बा, दूरदम्बीलगायतका गाविसमा अहिले खाद्यान्न अभाव हुन थालेको व्यापारीहरु बताउँछन् । मेमेङ–४ ताङ्लेपाका व्यापारी मित्र सापकोटाले अहिले त्यस ठाउँमा चामल, चिउरा, तेल, चिनी, दाललगायतका सामग्रीको अभाव हुन थालेको बताउनुभयो ।

यस्तै जिल्लाको दक्षिणी भेगको अवस्था झनै बेहाल छ । राँके रवि सडकको ट्र्याक खोलिएको तीस वर्ष भएपनि  स्तरोन्नतिसमेत हुन नसक्दा अहिले सो सडक ठप्प जस्तै  रहेको छ ।

झापाबाट सामान लिएर राँके हुँदै सप्तमी, रवि, मौवा, आङ्नालगायतका ग्रामीण बजारमा हिँडेको ट्र्याक्टर राँकेबाट झन्डै एक हप्तापछि मात्रै पुग्ने गरेको त्यहाँका व्यवसायी बताउँछन् ।

सप्तमी बजारका व्यवसायी सन्तोष शेर्माले अहिले त्यस क्षेत्रमा समेत दसैँका लागि चाहिने खाद्यान्न, चामल, चिउरा, दैनिक उपभोग्य सामग्रीको अभाव हुन थालेको जानकारी दिनुभयो ।

त्यस क्षेत्रमा झापाको दमकबाट रतुवाको दोभान हुँदै इलामको लारुम्बा रवि, सप्तमी, आङ्ना, मौवा, कुरुम्बातिर सवारी साधान सञ्चालन हुने गर्छन् ।

अहिले यो सडक पनि रतुवाखोलामा पानीको बहाव बढेपछि चार महिनाअघिदेखि नै बन्द छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web