दशैं तिहार नजिकिएसँगै पाँचथरमा बजार अनुगमन सुरु

अशोज ९, २०७३ मा प्रकाशित | 1088 views

९ असोज, पाँचथर ।
नेपालीहरुका ठुला चाँड दशै तथा तिहार नजिकिदै गर्दा पाँचथरको फिदिममा खाध्यन्न लगायतका पसलहरु अनुगमन शुरु भएको छ ।

खुद्रा तथा किरानाका पसलहरुमा म्याद समाप्त भएका सामाग्रीहरु बिक्री बितरण हुने भएकाले बजार अनुगमन शुरु गरिएको जिल्ला बजार अनुगमन समितिका संयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर बस्नेतले बताउनुभएको छ ।

शनिबार गरिएको फिदिम बजार  अनुगमनमा पनि किराना पसलहरु मध्ये अधिकांसमा म्याद समाप्त भएका सामानहरु भेटिएका थिए ।  ती सामानहरु डिलरले नै खुद्रा तथा होलसेल पसलमा पठाउने गरेको यहाँका ब्यबसायीहरुले बताएका छ । अनुगमनको क्रममा भुजिया, कोकोकोला, चक्लेट, बिस्कुट,  र्हर्लिक्सलगायतका किराना सामान म्याद सकिएका फेला परेका थिए ।

ती म्याद सकिएका सामाग्रीहरु अनुगमन समितिले जफत गरि नस्ट समेत गरेको गरेको छ । बजार अनुगमनको क्रममा कतिपय पसलहरु दर्ता नै  सञ्चालन गरिएको, मदिरा र किराना सामान एकै ठाउँमा ९मिक्समास० राखेर बिक्री गरिएको समेत फेला पारेका थिए ।

यता ब्यससायीहरु भने पसल कति ठाउँमा दर्ता गर्नु दर्ता गर्दा गदै हैरान भएको गुनासो गदै आएका छन् । ब्यबसायी कमल बास्कोटाको भनाइ रहेको छ ।
यता जिल्ला अनुगमन समितिले तत्काल पसल दर्ता गर्न ब्यबसायीहरुलाई सचेतसमेत गराएको छ ।  अनुगमन गर्दा फेला परेका म्याद सकिएका कोकोकोला, भुजीया, चक्लेटलगायतका सामान शनिबार नै जिल्ला प्रशासन कार्यालयमा लगेर नस्टसमेत गरिएको थियो ।

उपभोक्ताहरुलाई म्याद सकिए नसकिएको भन्ने हेरेर मात्र खरिद गर्न आग्रह गरिएको छ ।यसरी ब्यबसायीहरुले म्याद सकिएका समान बिक्री बितरण गर्दा सर्बसाधरणको स्वास्थ्यमामा नकारात्मक असर पुग्ने भएकोले यसतर्फ सम्बन्धित पक्ष सचेत हुन आवश्यक देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web