७ असोज, नुवकोट । माइती पक्षबाट अपेक्षा अनुसारको सहयोग नभएको र घर÷परिवारबाट बहिगर्मन हुनुभएका नुवाकोटको रालुकादेवी गाविस वडा नम्बर ६ का शुभद्रा खतिवडाले ७१ वर्षको उमेरमा बल्ल नेपाली नागरिकताको प्रमाण पत्र पाउनुभएको छ ।
जन्मेको १६ वर्षको उमरेम नै नागकिरता प्राप्त गर्न पाउने नेपाली नागरिकहरुको नैसर्गिक अधिकार भएपनि २००२ साल असार ३ गते जन्मनुभएका खतिवडालाई इलाका प्रशासन कार्यालय सातविसेको इलाका कार्यालय प्रमुख तथा प्रशासकीय अधिकृत सावित्रा ज्ञवालीले नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गर्नुभएको छ ।

रालुकादेवी गाविसको वडा नम्बर ६ मा जन्मनुभएका खतिवडा नाबाललिका उमेरमा नै राउतवेशी गाविसको वडा नम्बर ७ का रामचन्द्र खतिवडासंग विवाह गर्नुभएको थियो । बिबाह गरेको केही वर्षपछि घरबाट निकालिएपछि माइती घर रालुकादेवीमा नै बस्दै आउनुभएको उहाँलाई इलाका प्रहरी कार्यालय सातविसेको सहयोगमा स्थलगत जाँचबुझ गरी इलाका प्रशासन कार्यालय सातविसेले नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरेको हो ।

माइतीपक्षबाट पनि आशा अनुसारको सहयोग नभएको र घरबाट पनि निकालिएसगै नागरिकता बनाउन सहयोग नपाउनुभएका उहाँले नागरिकता प्राप्त गर्नबाट बञ्चित हुदै आउनुभएको थियो । ७१ वर्षको उमेरमा खतिवडालाई इलाका प्रशासन कार्यालयका प्रमुख ज्ञवालीले इलाका प्रहरी कार्यालय खरानीटारसंग समन्वयन गरी नागरिकता प्रदान गर्नुभएको हो ।

यसअघि जिल्ला प्रशासन कार्यालय नुवाकोटबाट नागरिकता प्राप्तीको लागी निवेदन दिएपनि माइती र घर दुवै पक्षबाट हुदै आएको असहयोगले नेपाली नागरिक बन्न बञ्चित हुनुभएका उहाँले इलाका प्रशासन कार्यालयको स्थापनाले नागरिकता प्राप्ती गरी नेपाली नागरिक बन्न सफल हुनुभएको छ । माइती र घरबाट नै नागरिकता दिलाउन सहयोग नपाएपनि उहाँले नागरिकतामा बाबु शेषप्रसाद कट्टेल र श्रीमान रामचन्द्र खतिवडा उल्लेखित भएको नागरिकता लिनुभएको छ । उहाँलाई नगारिकता उपलब्ध गराउन घर र माइती दुवै पक्षबाट कोही पनि जिम्मेवारी नबसेपछि इलाका प्रशासन कार्यालयले प्रहरीको सहयोगमा नागरिकता उपलब्ध गराइदिएको हो ।

नागरिकता नहुदा जेष्ठ नागरिकहरुले प्राप्त गर्ने सामाजिक सुरक्षा भत्ताको लाभ पाउनबाट समते उहाँ बञ्चित हुनुभएको थियो । नागरिकता पाएसगै उहाँले सामाजिक सुरक्षा भत्ता पाइने भएकाले औषधि सेवनको लागी आर्थिक सहयोग पुग्ने बताउनुभएको छ ।

17.09¡ÆC