६ असोज, काठमाडौं ।
लिग लिडर बनिरहेको रियल मड्रिडसँग अँक घटाउने प्रयासमा रहेको बार्सिलोना स्पेनिस ला लिगामा एथ्लेटिको मड्रिडसँग बराबरीमा रोकिएको छ ।

एथ्लेटिकोसँग बराबरीमा रोकिएसँगै बार्सिलोनाको लिग लिडर रियल मड्रिडसँगको अंक दुरी झनै बढ्ने देखिएको छ ।

लिओनल मेस्सी घाइते भएको खेलमा बार्सिलोनाले एथ्लेटिकोसँग १-१ गोलको बराबरी खेलेको हो ।

बुधबार राति घरेलु मैदान नाउ क्याम्पमा भएको खेलमा बार्सिलोनाले ४१ औं मिनेटमा राकिटिकको गोलबाट अग्रता लिएको थियो । तर, दोस्रो हाफमा जोगाउन सकेन ।

५९ औं मिनेटमा मेस्सी घाइते भएर मैदान छाडे । त्यसको दुई मिनेटपछि नै कोरिआले एथ्लेटिको मड्रिडका लागि बराबरी गोल फर्काए । बार्सिलोनाका जेरार्ड पीके र एथ्लेटिकोका डिएगो गोडिन गोल नजिक पुगेका थिए ।

यो बराबरीले बार्सिलानाले लिग लिडर रियल मड्रिडसँगको अंक दुरी घटाउने मौका गुमाएको छ । रियलको १३ अंक छ भने बार्सिलोना १० अंकसहित तेस्रो स्थानमा छ ।

19.12¡ÆC