सुरक्षा संगठन नै छल्छन् अध्यागमन

अशोज २, २०७३ मा प्रकाशित | 796 views

काठमाडौं,असोज २ । संयुक्त राष्ट्रसंघको आग्रहमा द्वन्द्वग्रस्त मुलुकमा खटिने नेपाली सेना, नेपाल प्रहरी र सशस्त्रका अधिकारी अध्यागमनको प्रक्रिया छलेर सहभागी हुने गरेको खुलेको छ । नेपाली सेनाका २ सय ३२ जना राहदानी नै नलिई सुडान पुगेको घटनाको अनुसन्धानका क्रममा राष्ट्रसंघीय मिसनअन्तर्गत सुडान, लाइबेरियालगायत देश जाने सेना, प्रहरी र सशस्त्रको टोली अध्यागमन जाँच नै नगरी अनधिकृत बाटो हुँदै विमानस्थलको धावनमार्गमा प्रवेश गर्ने गरेको खुलेको खबर आजको कान्तिपुरमा केपी ढुंगानाले लेखेका छन्। गत मंगलबार सुडान खटिएको सेनाको टोलीको साथमा पासपोर्ट नभेटिएपछि सुडानको अध्यागमनले नेपाल फर्काएको थियो । नेपाल फर्किएको टोली यतै ब्यागमा छुटेको पासपोर्ट लिएर पुन: सुडान पुगेको थियो । नेपाली नागरिक बिनाराहदानी सुडान पुगेको घटनाले अन्तर्राष्ट्रिय रूपमै नेपालको अध्यागमनको सुरक्षामाथि अन्तर्राष्ट्रिय चासो बढेपछि गृहमन्त्री विमलेन्द्र निधिले शुक्रबार अध्यागमन विभाग र त्रिभुवन विमानस्थलका अधिकारीसँग उक्त विषयमा छलफल गरेका थिए । उक्त घटनाको कारण खोज्दा शान्ति मिसनमा जाने सबै टोलीले अध्यागनको नियम पालना नगरी जाने र आउने गरेको तथ्य खुलेको हो ।

जानकार अधिकारीका अनुसार मिसनमा सहभागी हुने तीनवटै सुरक्षा संगठनका सदस्य विमानस्थलको नियमित आगमन र प्रस्थान कक्ष प्रयोग नै गर्दैनन्। समूहका सदस्य अध्यागमनको नियमित बाटोको साटो जाँच पडतालबिनै विमानस्थलको उत्तरमा रहेको अनौपचारिक तारबारको गेट प्रयोग गरेर धावनमार्गमा पुग्ने गर्छन् । उनीहरू समूहगत रूपमा फर्कंदासमेत अध्यागमन र भन्सारको प्रक्रिया पूरा गर्दैनन्। उनीहरू सोही मार्गको प्रयोग गर्दै विमानस्थलबाट बाहिरिँदा उनीहरूको साथमा रहेको सामग्रीबारे न अध्यागमनलाई जानकारी हुन्छ न भन्सारलाई नै। सुरक्षा संगठनले मिसन अनुगमनका लागि गैरसुरक्षाकर्मीलाई समेत सँगै लैजाने गरेका छन्। मन्त्रालय स्रोतका अनुसार उनीहरू जाँदा र आउँदासमेत अध्यागनको कुनै प्रक्रिया पूरा गर्नु पर्दैन ।

अध्यागमनका समस्याबारे ब्रिफिङ लिन बोलाएका अधिकारीबाट मिसनमा सुरक्षा संगठनले अपनाउने गैरकानुनी प्रक्रियाबारे जानकारी पाएपछि छलफल त्यसैमा केन्द्रित भएको थियो । ‘व्यक्तिगत रूपमा आउजाउ गर्नेहरू अध्यागमनको नियमित प्रक्रियाबाटै जान्छन्,’ बैठकमा दिइएको जानकारी उद्धृत गर्दै एक सहभागीले भने, ‘समूहगत रूपमा आउने र जानेहरूले अध्यागमनको नियमित प्रक्रिया पूरा गर्दैनन्, उनीहरूले समूहमा राहदानी पठाएर आगमन र प्रस्थानको स्टिकर लगाएर अनौपचारिक बाटोबाटै बाहिरिन्छन् ।’

प्रारम्भिक अनुसन्धानमा सुडानमा रहेको टोलीलाई बदलीका लागि हिँडेको टोलीका सबै सदस्यको राहदानी एक व्यक्तिले लिएर अध्यागमनमा स्टिकर लगाएका थिए । राहदानी रहेको झोला यतै छुटदा सुडान पुगेका सबै राहदानीविहीन बनेका थिए ।

सुरक्षा संगठनका अधिकारीसँग आफूहरूले पटक–पटक मिसनमा समूहगत रूपमा जानेहरू पनि अध्यागनको नियमित प्रक्रियाअनुसार नै जान छलफल गर्दा ‘हतियारलगायत बन्दोबस्तीका सामान हुने भएकाले सम्भव नहुने’ जवाफ आउने गरेको अध्यगमनका अधिकारीले गृहमन्त्रीलाई जानकारी गराउँदा गृहमन्त्री गम्भीर भएका थिए ।

बैठकस्रोतका अनुसार अध्यागमन र गृहका अधिकारीको ब्रिफिङपछि गृहमन्त्री निधिले ‘राष्ट्रसंघीय मिसनमा सहभागी हुन जाने सुरक्षा संगठनका सदस्यलाई समेत अध्यागमनको नीति/नियमअनुसार औपचारिक प्रक्रिया पुर्‍याएर मात्रै प्रवेश अनुमति दिन’ निर्देशन दिएका थिए । ‘जुनसुकै निकायका सदस्य भए पनि अध्यागमनसम्बन्धी ऐन, नियम र कार्यविधि पालना गरेर मात्रै अध्यागनबाट आगमन र प्रस्थान गर्न अनुमति दिने प्रबन्ध गर्नू,’ दुवै निकायका अधिकारीको ब्रिफिङपछिको गृहमन्त्रीको निर्देशन उद्धृत गर्दै गृहका एक अधिकारीले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web