सातदिनपछि खुलेको मेची राजमार्ग फेरी बन्द

भदौ २७, २०७३ मा प्रकाशित | 746 views

२७ भदौ, ताप्लेजुङ ।
सातदिन पछि आईतवार साँझबाट एकतर्फी रुपमा खुल्ला भएको मेची राजमार्गको खोक्से–तोक्मे सडक खण्ड सोमवार बिहानबाट फेरी अरुद्ध भएको छ ।  पहिरोका कारण भदौ १७ गते बेलुकीबाट अबरुद्ध यो मार्ग सातदिन पछि यसैसाताको शुक्रवार बेलुकीबाट आशिंक रुपमा सञ्चालनमा आएको थियो ।

आईतवार सांझबाट परेको पानी सोमवार यो समाचार तयार पार्दा सम्म परिहेको छ । अविरल बर्षाका कारण खोक्से–तोक्मे सडक खण्डका बिभिन्न स्थानमा झरेको पहिरो पन्छाउन समस्या भई रहेको सडक डिभिजन कार्यालय ईलामका सुपरभाईजर नबिन उप्रेतीले जानकारी दिनु भयो । उहाँले पानी संगै पहिरो झर्ने क्रम जारी रहेकोले पहिरो पन्छाउन समस्या रहेको बताउनु भयो ।

मेवाखा, मेवाराजा, ल्याङवा र खोक्से आसपासमा पहिरोले राजमार्ग अबरुद्ध पारेको उप्रेतीले जानकारी दिनुुभयो । पहिरो पन्छाउन उपकरण तयारी अवस्थामा राखिएपनि लगातारको पानी र पहिरो झर्ने क्रमले समस्या पारेको जानकारी दिनु भयो ।

राजमार्ग अबरुद्ध हुुंदा यो मार्ग हुदै फिदिम, ईलाम, झापा हुदै बाहिरी जिल्ला जाने र जिल्लाका ग्रामिण क्षेत्र जाने सयौं सवारी साधन बाटैमा अलपत्र परेका छन् । पुर्वाञ्चल हावापानी फिल्ड कार्यालय ताप्लेजुङका अनुुसार यहाँ बिगत २४ घण्टामा ५८ दशमलव ४ मिलिमिटर बर्षा भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web