एउटा रुद्राक्षको मूल्य १६ लाख

भदौ २३, २०७३ मा प्रकाशित | 1058 views

२३ भदौ, खाँदवारी ।

संखुवासभा र भोजपुरबाट यसै साता तीनवटा बहुमूल्य रुद्राक्ष ४३ लाख रुपैयाँमा बिक्री भएको छ।

यो हालसम्मकै उच्च मूल्य हो। रुद्राक्ष व्यवसायी संघका अध्यक्ष विपिन राईले यो वर्ष धेरै मुख भएका महँगा दाना तीनवटा बजारमा आएको र अन्य केही गुपचुपमा खरिदबिक्री भएको जानकारी दिए, आजको अन्नपूर्णमा खबर छापिएको छ।

धुपुको ज्यामिरेमा उत्पादन भएका २१ मुखे रुद्राक्ष् व्यपारी सुजन राई, नरेन्द्र राईलगायतले १६ लाखमा खरिद गरेका हुन्।

षडानन्द नगरपालिका केउरेनीपानीमा उत्पादन भएको २१ मुखे रुद्राक्ष व्यपारी नीलमणि न्यौपाने लगायतले १५ लाख ५० हजारमा खरिद गरेका छन्।

यसैगरी यसै साता भोजपुरको फलिकोटमा उत्पादन भएको २१ मुखे रुद्राक्ष सानो आकारको भएको भन्दै १२ लाख रुपैयाँमा खरिद भएको व्यापारी चित्र श्रेष्ठले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web