२० भदौ, धनगढी ।
कैलाली स्थित जिल्ला कारागारमा क्षमता भन्दा तेब्बर बढी कैदी भएपछि अस्थायी टहरा बनाएर कैदीहरुको ब्यवस्थापन गरिएको छ ।

सदरमुकाम धनगढीमा रहेको जिल्ला कारागारमा कैदीहरुको संख्या निकै बढी भएपछि कोठा अभावमा टहरा बनाएर कैदीलाई बसोवासको ब्यवस्था गरिएको हो ।

कारागार भवनमा कैदीलाई राख्न ठाउ अभाव भएपछि कारगार भित्रै टहरा निर्माण गरि कैदीहरुको ब्यवस्थापन गरिएको कारागारका प्रमुख पुस्कर खड्काले बताउनुभयो ।

१ सय २५ जना क्षमता रहेको कारागारमा हाल ४ सय १३ जना कैदी रहेका छन् । ५ वटा ब्लक रहेको कारागारमा कैदीहरु धेरै भएपछि खानेपानी, शौचालयको समेत समस्या देखिएको छ

कैदीको संख्या धेरै भइ बसोवासमा परको समस्याबारे माथील्लो निकाएमा जानकारी गराइसकिएको जिल्ला कारागारले जनाएको छ ।

७५ बर्ष अघि निर्माण गरिएको कारगार भवन समेत जिर्ण भन्दै गएको र त्यसमाथी कैदीको संख्या क्षमता भन्दा धेरै भएकाले सुरक्षा चुनौतीको आकलन गरिएको सुरक्षा स्रोतले जनाएको छ ।

कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले कारागार भवन बाहिर ठुलो पर्खाल रहेकाले कारगारमा सुरक्षा चुनौती नरहेको बताउनुभयो ।

द्धन्द्धकालमा यो कारागारमा आक्रमण गरिएको थियो ।

20.28¡ÆC