पर्वतमा ट्याक्टर नदीमा खस्दा १२ जना घाईते

भदौ १८, २०७३ मा प्रकाशित | 821 views

१८ भदौ, कुश्मा ।
पर्बतको बराचौर गाविसमा यात्रुबाहक ट्याक्टर पल्टिदा १२ जना घाइते भएका छन् । प्रहरीका अनुसार घाईते मध्ये ३ जनाको अवस्था गम्भिर रहेको छ ।

बराचौर गाविस ३ स्थित खबरको भिर नजिकै भलाये डाँडामा ध १ त ३१२ नम्बरको ट्याक्टर दुर्घटनामा परेको हो ।

ट्याक्टर सडकबाट ३ सय मिटर तल कालिगण्डकि नदि किनारमा खसेको छ ।

ट्याक्टर दुर्घटनामा परि रोल्पा जिल्ला सिर्प ३ बस्ने वर्ष ४० का रिकमान पुन, सोहि ठाउँका १९ वर्षिय याम बहादुर पुन र सोहि ठाउँकै  १८ वर्षीय  श्याम पुनको अबस्था गम्भिर रहेको प्रहरीले बताएको छ ।

घाइते मध्ये ३ जनालाई उपचारको लागी पोखरा र अन्यलाई हुवास लगिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web