प्रचण्डले मोदीलाई यस्तो सन्देश लेखेका रहेछन्

भदौ ५, २०७३ मा प्रकाशित | 1214 views

५ भदौ, काठमाडौं ।
प्रधानमन्त्री प्रचण्डले भारतीय समकक्षी नरेन्द्र मोदीलाई पठाएको सन्देश भारत भ्रमणमा रहेका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले शनिबार हस्तान्तरण गरेका छन्।

प्रधानमन्त्री प्रचण्डको विशेष दूतका रुपमा निधिले मोदीलाई एक चिठी नै दिएका हुन्। भेटपछि संक्षिप्त कुरा गर्दै निधिले मोदीसँय भेट असाध्यै सौहार्दपूर्ण रहेको बताए । तर, उनले विस्तृत बताउन चाहेनन्। आजको कान्तिपुरमा खबर छ।

निधिले मोदीसँग ३५ मिनेट सामूहिक र १५ मिनेट एक्लाएक्लै भेट गरेका थिए। स्रोतका अनुसार प्रचण्डको सन्दशमा विशेषतः चार महत्वपूर्ण बुँदा छन्। पहिलो प्रचण्डले आफ्नो सरकारको प्राथमिकता संविधानमा आवश्यक संशोधन गरी त्यसलाई सर्वस्वीकार्य बनाएर छिटो चुनावमा जाने उल्लेख गरेका छन्। त्यसका लागि मधेसी मोर्चा र जनजातीका अुन्तुष्टि सम्बोधन गर्ने गृहकार्य सुरु भइसकेको जनाएका छन्।

दोस्रो, नयाँ सरकार र भारतसँगको सम्बन्धलाई सुमधुर बनाउन तयार रहेको छ। विगतमा दुई देशबीचमा देखिएका केही असाझदारी पूर्ण रुपमा हटेको प्रचण्डले उल्लेख गरेका छन्।

तेस्रो, उच्चस्तरमा दुई पक्षीय भ्रमण गराउने प्रचण्डको सन्देश छ। यस्ता भ्रमणले दुई देशबीचको सम्बन्धले थप यचाई ग्रहण गर्ने उल्लेख गरिएको छ।

चौथो, नयाँ सरकार विकासका परियोजनालाई अगाडि बढाउन चाहन्छ र त्यसका लागि भारतको सहयोग आवश्यक पर्ने उल्लेख गरिएको छ।

प्रधानमन्त्री प्रचण्डले यसअघि नै भारतीय पक्षलाई आफूले अगाडि बढाउन चाहेका परियोजनाको सूची नै बुझाइसकेको स्रोतको भनाइ छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web