५ भदौ, काठमाडौं ।

पूर्वसभासद तथा नेपाल आदिवासी जनजाति महासंघका पूर्व अध्यक्ष पासाङ शेर्पा र वर्तमान उपाध्यक्ष डन्डु शेर्पा अवैध मानव ओसारपसारमा तानिएका छन्

उनीहरूले सांस्कृतिक कार्यक्रमको आवरणमा तीन करोड ९० लाख रूपैयाँ असुलेर १३ जना गैर कलाकारलाई कलाकार भन्दै मेक्सिको पुर्याइ उतै छाडेर आएको आरोप लागेको खबर आजको कान्तिपुरमा केपी ढुंगानाले लेखेका छन्।

पासाङ पूर्व सभासद तथा नयाँ शक्ति नेपालका सचिवालय सदस्यसमेत हुन्। मेक्सिकोमा आयोजित हिमाल आदिवासी जनजातिको संस्कृति आदानप्रदान कार्यक्रममा सहभागी गराउन गत चैतमा पासाङ र डन्डुले १३ जनालाई त्यहाँ लगेका थिए। जाँदा १५ जना गएपनि फर्कदा उनीहरू मात्र फर्किए। ती १३ जना अमेरिका पुगिसकेका छन्।

20.87¡ÆC