४ भदौ, काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहालको विशेष दुतका रुपमा छिमेकी मित्र राष्ट्र चीनको भ्रमणमा जानु भएका उपप्रधान एवं अर्थ मन्त्री कृष्णबहादुर महरा आज स्वदेश फर्कनु भएको छ ।

चीन भ्रमणमा रहनु हुंदा उहांले चीनका राष्ट्रपति, प्रधानमन्त्री, विदेश मन्त्री, तथा चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरुसंग भेट गर्नु भइ दुइ देश वीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने र सहयोग बढाउने सम्बन्धमा कुराकानी गर्नु भएको थियो ।

भ्रमण सकी स्वदेश फर्कनु भएपछि त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमा पत्रकारहरुसंग कुरा गर्दै उपप्रधानमन्त्री महराले चीन भ्रमण अत्यन्त सफल र फलदायी भएको बताउनु भयो ।

भ्रमणका क्रममा चिनिया अधिकारीहरुले नेपालको पछिल्लो राजनीतिक घटनाक्रम तथा अघिल्लो सरकारले चीनसंग गरेका सम्झौताको कार्यान्वयनकावारेमा चासो राखेका थिए ।

उपप्रधानमन्त्री महराले नेपाल र चीन वीचको कनेक्टिभीटी छिटो सम्पन्न गर्नेवारेमा पनि कुराकानी भएको जानकारी दिनु भयो ।

भ्रमणका क्रममा उपप्रधानमन्त्री महराले चिनिया राष्ट्रपति र प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तो दिनु भएको छ ।

नेपालको निम्तोलाई चीनले स्वागत गर्दै सकारात्मक जवाफ दिएको उपप्रधानमन्त्री महराले बताउनुभयो ।

18.7¡ÆC