३ भदौ, काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधनको प्रस्ताव दर्ता गरेर स्थानीय तहको निर्वाचनको मिति घोषणा गरिने बताउनु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सिन्धुलीका टोलीसँगको भेटमा प्रधानमन्त्री दाहालले वर्तमान सरकारले संविधान संशोधन गरी निर्वाचनको प्रक्रियामा जाने बताउनुभयो ।

प्रधानमन्त्री दाहालले औपचारिक कार्यक्रममा धेरै सहभागी नभई सिंहदरबारभित्र बसेर सरकारका कामको निरीक्षण, अनुगमन गरी परिणाम निकाल्न चाहेको बताउनु भएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ ।

मित्रराष्ट्र चीन र भारतसित सन्तुलित कूटनीतिक सम्बन्धका लागि उच्चस्तरीय दूत पठाएको चर्चा गर्दै प्रधानमन्त्री दाहालले राष्ट्रियता बलियो पार्नु आफ्नो दायित्व भएको बताउनुभएको बताउनुभयो ।

नेकपा 'माओवादी केन्द्र' का हरिबोल गजुरेलसहित गएको टोलीले सिन्धुलीको टोलीले भूकम्पपीडितको राहत रकम वृद्धि गर्न माग गरेको छ ।

18.7¡ÆC