
काठमाडौँ । नेपालले बंगलादेशसँग संयुक्त रूपमा आयोजना गर्न लागेको आईसीसी यू–१९ महिला टी–२० विश्वकप क्रिकेटका १५ खेल नेपाली मैदानमा सञ्चालन हुने भएका छन् ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले सार्वजनिक गरेको खेल तालिकामा प्रतियोगिताका कुल ४१ मध्ये १५ खेल नेपालमा राखिएका हुन् ।
नेपालमा हुने खेल त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदान र मूलपानी क्रिकेट मैदानमा सञ्चालन हुने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।
आगामी जनवरी २१ देखि फेब्रुअरी ६ सम्म आयोजना हुने प्रतियोगितामा नेपाल सहआयोजक रहेको छ । प्रतियोगितामा नेपालले समूह चरणमा भारत, आयरल्याण्ड र वेष्ट इन्डिजसँग खेल्नेछ ।
नेपालले पहिलोपटक यू–१९ विश्वकप आयोजना गर्ने अवसर प्राप्त गरेको हो ।
13.59¡ÆC