नुवाकोट र रसुवा जोड्ने वेत्रावतीमा बेलिब्रिज जडान : गाडी वारपार हुन थाले

अशोज २५, २०८३ मा प्रकाशित | 1 views

नुवाकोट र रसुवा जोड्ने वेत्रावतीमा बेलिब्रिज जडान : गाडी वारपार हुन थाले

काठमाडौँ । नुवाकोट र रसुवालाई जोड्ने बेत्रावतीको फलाखु खोलामा बेलिब्रिज जडानको काम सकिएको छ ।

गएको भदौ १० मा आएको भोटेकोशीको बाढीले बगाएको बेत्रावती पुलको विकल्पमा नयाँ मोडुलर एक्रो ब्रिज अर्थात् (बेलिब्रिज) निर्माण सम्पन्न भएको हो ।

पुल निर्माणसँगै आजदेखि यो खण्डमा औपचारिकरूपमा गाडी वारपार हुन थालेका नेपाली सेनाले जनाएको छ । भोटेकोशी बाढीले वेत्रावतीको पुल बगाएपछि नुवाकोट र रसुवाबीचको सडक सम्पर्क टुटेको थियो ।

बेलिब्रिज सञ्चालनमा आएपछि दुवै जिल्लाका बासिन्दालाई आवतजावत गर्न सहज हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web