आजदेखि दसैँका लागि अग्रिम टिकट बुकिङ खुला, नयाँ बसपार्कमा बिहानैदेखि यात्रुको घुइँचो

अशोज २३, २०८३ मा प्रकाशित | 13 views

आजदेखि दसैँका लागि अग्रिम टिकट बुकिङ खुला, नयाँ बसपार्कमा बिहानैदेखि यात्रुको घुइँचो

काठमाडौँ । बडादसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गरी आजदेखि लामो तथा मध्यम दूरीका सार्वजनिक सवारीसाधनको अग्रिम टिकट बुकिङ खुला भएको छ। टिकट बुकिङ सुरु भएसँगै नयाँ बसपार्कमा बिहानैदेखि गन्तव्यतर्फ जाने यात्रुहरूको बाक्लो घुइँचो लागेको छ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष पुण्यप्रसाद सिटौलाका अनुसार देशका सबै मुख्य क्षेत्रमा जाने लामो तथा मध्यम दूरीका सार्वजनिक यातायातका लागि अग्रिम टिकट बुकिङ खुला गरिएको हो।

चाडपर्वका बेला हुन सक्ने सम्भावित आपराधिक गतिविधि नियन्त्रण र सुरक्षा व्यवस्थालाई कडाइ गर्न एकीकृत सुरक्षा योजना लागू गरिएको छ। प्रहरी प्रभाग नयाँ बसपार्कका प्रमुख शङ्कर श्रेष्ठले बसपार्क तथा आसपासका क्षेत्रमा शान्तिसुरक्षा चुस्त बनाइएको जानकारी दिनुभयो। उहाँका अनुसार यात्रुको सुरक्षाका लागि पोसाकसहितका प्रहरीका साथै ठूलो सङ्ख्यामा सादा पोसाकमा समेत प्रहरी परिचालन गरिएको छ।

यसअघि गत मङ्गलवार यातायात व्यवस्था विभाग, नेपाल प्रहरी, यातायात व्यवसायी र मजदुर सङ्घ-संगठनहरूबीच चाडपर्वलक्षित यातायात व्यवस्थापनका लागि आजदेखि अग्रिम टिकट बुकिङ खुला गर्ने सहमति भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web