
नुवाकोट । नुवाकोटको विदुर नगरपालिका–१ त्रिशूली बजारमा बाढीले पुरेको घरमा सुनचाँदी र नगद भेटिएको छ ।
सशस्त्र प्रहरीले भेटिएको गरगहना र नगद सम्बन्धित व्यक्तिलाई बुझाएको छ ।
गएको भदौ १० मा रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीपछि खोज तथा उद्धारमा खटिएको सशस्त्र प्रहरीले स्थानीयबासिन्दा अनुज जोशीको घरमा सुन, चाँदी र नगद भेटाएको हो ।
बाढीमा पुरिएको घरभित्र झण्डै १५ तोला सुन, ६ तोला चाँदी र नगद चार लाख रुपैयाँ फेला पारेको थियो ।
घरको भग्नावशेष खन्दा फेला पारेको नगद, सुन तथा चाँदी सम्बन्धित घरधनी जोशीलाई स्थानीयबासिन्दाको रोहवरमा हिजो सोमबार हस्तान्त्ररण गरिएको सशस्त्र प्रहरी निरीक्षक दिलकुमार श्रेष्ठले बताउनुभएको छ ।
29.12¡ÆC