हिम्लुङ हिमपहिरो:४ जनाको शव भेटियो, १२ जना बेपत्ता

अशोज १२, २०८३ मा प्रकाशित | 7 views

हिम्लुङ हिमपहिरो:४ जनाको शव भेटियो, १२ जना बेपत्ता

काठमाडौँ । मनाङको हिम्लुङ हिमालमा गएको हिमपहिरोमा परेर हराएकामध्ये थप दुई जनाको शव भेटिएको छ ।

नेपाल नेशनल माउन्टेन गाइड एसोसिएशन (एनएनएमजीए) का अनुसार हिजो दुई जनाको शव भेटिएकोमा आज थप दुई जना गरी अहिलेसम्म चार जनाको शव भेटिएको हो ।

हिजो छेबी भोटे र पासाङ भोटे तथा आज वीरेन्द्र गुरुङ र घनश्याम राईको शव फेला परेको एनएनएमजीएले सामाजिक सञ्जालमार्फत जानकारी गराएको छ । अझै १२ जना हराइरहेका छन् ।

हिम्लुङ हिमपहिरो क्षेत्रमा एनएनएमजीएको खोज तथा उद्धार टोलीले आज पनि खोजी अभियानलाई निरन्तरता दिइरहेको एनएनएमजीएका अध्यक्ष तुलसिंह गुरुङले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web