बट्टारमा रक्तदान, दाताहरुको उत्साहजनक सहभागिता

अशोज ११, २०८३ मा प्रकाशित | 20 views

बट्टारमा रक्तदान, दाताहरुको उत्साहजनक सहभागिता

नुवाकोट — भोटेकोसी बाढीपछि करिब एक महिनाको अन्तरालमा आज नुवाकोटको बट्टारमा आकस्मिक रक्तदान कार्यक्रम आयोजना गरिएको छ। नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा नुवाकोटअन्तर्गत सञ्चालित रक्तसञ्चार केन्द्रको आयोजनामा शुलभ फार्मेसीमा रक्तदान कार्यक्रम गरिएको हो ।

त्रिशूली अस्पतालमा उपचाररत बिरामीका लागि आवश्यक रगतको अभाव भएपछि रक्तदातालाई फोनमार्फत सम्पर्क गरी रक्तदानका लागि आह्वान गरिएको रक्तसञ्चार केन्द्रका प्रमुख लक्ष्मी श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार आह्वानपछि दाताहरूले उत्साहजनक सहभागिता जनाएका छन्।

यसअघि भदौ ८ गते ओमशान्तिको आयोजनामा रक्तदान भएको थियो। त्यसयता औपचारिक रूपमा दाताहरूको सहभागितामा आज पहिलो पटक रक्तदान कार्यक्रम आयोजना गरिएको रक्तसञ्चार केन्द्रले जनाएको छ ।

रगतको अभावलाई मध्यनजर गर्दै थप दातालाई रक्तदानमा सहभागी हुन आह्वान गरिएको नेपाल रेडक्रस सोसाइटी नुवाकोटका सदस्य रमेश गिरीले बताउनुभयो। उहाँ स्वयं पनि आजको रक्तदान कार्यक्रममा सहभागी हुनुभएको थियो ।

कार्यक्रममा नुवाकोटमा सबैभन्दा धेरै पटक रक्तदान गरेर सम्मानित हुनुभएका मछिन्द्रनरसिंह प्याकुरेलसहित विभिन्न रक्तदाताले रक्तदान गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web