रोज राणा हत्या प्रयासमा ‘चरीको रिसइबी’

भदौ २, २०७३ मा प्रकाशित | 1110 views

काठमाडौं,भदौं २ । प्रहरी मुठभेडमा मारिएको दाबी गरिएका गुण्डा नाईके दिनेश अधिकारी चरीको घटनाको प्रतिशोध साँध्न चलचित्र निर्माता रोज राणा भनिने सरोज थापा उपर आक्रमण भएको खुलेको छ। गुण्डा नाईके चरीको ब्यवसायीक साझेदार रहेका रोजले कारोबार अन्तर्गत दिनुपर्ने रकम नदिएको र चरीको मुठभेड गराउन सहयोगी भूमिका खेलेको आरोपमा आक्रमण भएको खबर आजको नागरिक दैनिकमा दीपक खरेलले लेखेका छन्। रोजलाई आक्रमण गर्ने दुईजना पक्राउ परेपछि प्रहरी अनुसन्धानमा चरीको मुठभेडपछि फरार रहेका गुण्डा नाईकेको नाम बाहिर आएको हो । महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरेका दुबले आक्रमणकारीलाई भारतमा बस्दै आएका जोधा भन्ने रत्न बहादुर लामाको निर्देशनमा घटना भएको बयान दिएका हुन्।

महाशाखाका अनुसार जोधाकै योजनामा भक्तपुरका मोटे भन्ने विवेचन प्रजापति र कटुन्जे भन्ने सूर्य लामाले दिनभर रोजको पिछागर्दै सोमबार मध्य बानेश्वरमा खुकुरी प्रहार गरेका हुन । प्रहरी हिरासतमा रहेका दुबै चरीको समुहमा रहेका ब्यक्ती हुन । चरीसँगै नयाँ बजार क्षेत्रमा सक्रिय दुबैलाई भारतको पश्चिम बंगाल सिलगुडीमा बस्दै आएका जोधाले आक्रमणका लागि रकम समेत उपलब्ध गराएको महाशाखाले जनाएको छ।

महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालले रोज र जोधाकाबीचमा विगतमा रहेको कारोबारका कारण आक्रमण भएको अनुसन्धानमा देखिएको बताए । उनका अनुसार आक्रमणकारीलाई रोजको हत्या वा अंगभंगका लागि जोधाले ३० लाख रुपैयाँ दिने बाचा गरेको आक्रमणमा संलग्नले प्रहरीमा बयान दिएका छन ।

प्रहरी अनुसन्धानमा जोधाले समूहका प्रजापतिलाई ३ महिना पहिला भारतको सिलगुडीमा बोलाई आक्रमणको योजना बनाई तत्काल पेश्की स्वरुप ५० हजार भारतीय रुपैयाँ दिएको खुल्न खुलेको छ। दोस्रो पटक  करिव तीन हप्ता पहिला भारतबाट निज जोधा भन्ने रत्न बहादुर लामा नेपाल आई प्रजापतिको घरमा गई थापालाई आक्रमणका लागि  ३० हजार रुपैयाँ दिएको र काम भए पश्चात ३० लाख दिने र भविष्यमा समेत सहयोग गर्ने प्रलोभन समेत दिएको अनुसन्धानबाट खुलेको हो ।

महाशाखाकै कारवाहीमा २०७१ साउन २१  मा मारिएका दिनेश अधिकारी चरीको हत्यापछि उनको समूह तितरबितर भएको थियो । समूहका सदस्यले खुलेरै रोजले प्रहरी अधिकारीसँग मिलेर चरीको मुठभेड गराएको आरोप लगाउदै आएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web