स्वास्थ्यकर्मीमाथि दुर्व्यवहारको विरोधमा खरानीटार अस्पतालको नियमित सेवा बन्द, बिरामी मर्कामा

नुवाकोट : सेवा प्रवाह प्रभावकारी नभएको भन्दै चौतर्फी गुनासो आइरहेका बेला नुवाकोटको खरानीटारस्थित स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार भएको भन्दै आपतकालीन सेवाबाहेकका सबै नियमित सेवा बन्द गरिएको छ।

स्वास्थ्यकर्मीको सुरक्षाको माग गर्दै अस्पताल प्रशासनले आपतकालीन सेवाबाहेकका अन्य सेवा स्थगित गरेको जनाएको छ।

अस्पतालबाट नियमित सेवा बन्द भएपछि उपचारका लागि आएका बिरामी तथा सेवाग्राही समस्यामा परेका छन्। स्वास्थ्य सेवा अत्यावश्यक सेवा भएकाले जुनसुकै परिस्थितिमा पनि सेवा अवरुद्ध गर्न नहुने व्यवस्था रहे पनि अस्पताल प्रशासनबाटै नियमित सेवा बन्द गरिएपछि स्थानीयवासीले असन्तुष्टि जनाएका छन्।

यो अस्पतालले दिने सेवा प्रवाह प्रभावकारी नभएको, चिकित्सकको व्यबहार रुष्ट रहेको, आश्वश्यक औषधिको उपलब्धता नहुने देखि चिकित्सक स्वास्थ्यकर्मी कर्मचारी पनि अस्पतालमा नबस्ने गरेको गुनासो व्यापक रहको थियो । सेवा प्रवाहमा निकै कमजोर रहेको अस्पतालको सेवा सुधारका लागी स्थानीय युवा अमरराज उप्रेतीले ध्यानाकर्षण गराएको विषयलाई लिएर अस्पताल दुव्र्यबहार भयो भन्दै सेवा प्रवाह नै बन्द गरेको हो । यस घटनालाई लिएर स्थानीयबासीले भने अस्पताल प्रशासनलाई नै सुध्रनको लागी सचेत गराएका छन् ।

यही साउन ३ गते भएको घटनाबारे सम्बन्धित निकायले थप अनुसन्धान तथा आवश्यक समन्वय गरिरहेको जनाइएको छ।

प्रतिक्रिया

TOP