पप्पु गुरुङ्, १ भदौ / दोधारा चाँदनी । दोधारा चाँदनी नगरपालिका कार्यालय प्रगति समिक्षा बैठक सम्पन्न भएको छ् । दोधारा चाँदनी नगरपालिका कार्यालयका कार्यकारी अधिकृत महेश बहादुर बमको सभापतित्वमा संचालित बैठकमा दोधारा चाँदनीका सरकारी कार्यलय, गैर सरकारी संस्था, वडा नागरिक मञ्चका पदाधिकारी लगाएतको सहभागिता रहेको थियो । साबिकको दोधारा गाबिसको कार्यालयको सभा कक्षमा संचालित कार्यक्रममा दोधारा चाँदनीमा रहेका सरकारी कार्यलय, गैर सरकारी संस्थाले आ–आफ्नो प्रगति बिबरण पेश गरि छलफल गरेका थिए । दोधारा चाँदनी नगरपालिका कार्यालयको आर्थिक वर्ष २०७२/०७३ मा बित्तिय प्रगति, भौतिक प्रगति, आन्तरिक आय तथा राजस्व बाँडफाँटको अवस्था, लक्षित बर्गको प्रगति लगाएत प्रगति तथा गुनासा दोधारा चाँदनी नगरपालिका कार्यालयका कार्यकारी अधिकृत महेश बहादुर बलले पेश गर्नुभएको थियो । दोधारा चाँदनी नगरपालिका कार्यालयका सयुक्त वडा सचिव मोहन सुनारले संचालन गर्नुभएको प्रगति समिक्षा बैठकमा समाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीको बिबरण सुचना प्रणालीमा प्रविष्ट गरि बैंक मार्फत भत्ता बितरण गरिएको, सामाजिक सुरक्षा कार्यक्रममा बेरुजु सुन्य गरिएको, नगरपालिकाको आम्दानी र खर्चा कम्प्युटर मार्फत गर्ने गरिएको, बाताबरण मैत्री नगरपालिका बनाउन कार्य अघि बढाईएको, नगर यातायात गुरु योजना स्विकृतको चरणमा रहेको र भवन निमार्ण सम्बन्धि मापदण्ड तयार गरिएको प्रमुख उपलब्धिहरु प्रस्तुत गरिएको थियो । उक्त अवसरमा राजनितिक दलका तर्फबाट नेपाली काग्रेंसको तर्फ देखि राजेन्द्र मल्ल, नेकपा एमालेका राजिब खड्का, राप्रपा नेपालका अमर बोहरा, राप्रपाका बिर बहादुर शाह, राप्रपा नेपाल केन्द्रीय सदस्य शान्तिमाया सुनुवार, पुर्व दोधारा गाबिस अध्यक्ष बेल बहादुर राना, नेकपा एमाले दोधारा नगरकमिटी अध्यक्ष किशोर कुमार लिम्बु, नेकपा एमाले दोधारा नगरकमिटी जिल्ला कमिटि सदस्य टंक लाल जोशी लगाएत सहभागिता रहेको थियो । । आगामी आर्थिक वर्षको बजेटले दोधारा चाँदनी नगरपालिका क्षेत्रलाई कसरी ब्यवस्थित नगरपालिका बनाउने बिषयमा समेत आ–आफ्नो धारण ब्यक्त गरिएको थियो ।

20.28¡ÆC