
नुवाकोट । अहिलेका युवा पुस्तालाई ‘राष्ट्र, राष्ट्रियता र देशभक्तिपूर्ण भावना अभिवृद्धि गराई सचेत नागरिक निर्माणमा सहयोग पु-याउने’ उद्देष्यले नेपाली सेनाले सुरु गरेको ‘नेपाली सेनासंग एक दिन’ कार्यक्रम नुवाकोटमा सम्पन्न भएको छ ।
विद्यालयतहका विद्यार्थी (नवयुवा)लाई लक्षित गर्दै नेपाली सेना मार्फत प्रवाह हुदैँ आएका सेवा तथा कार्य सञ्चालनका सम्बन्धमा जानकारी दिने उद्देष्यले श्री शेर गण नुवाकोटले यहाँका विद्यार्थीलाई सहभागी गराइ ‘नेपाली सेनासंग एक दिन’ कार्यक्रम गरिएको हो ।
नेपाली सेनाले माध्यमिक तहमा अध्ययनरत विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई समावेश गराई सैनिक सम्बन्धि जानकारी दिन स्थलगत अध्ययन, प्रयोगात्मक अभ्यास सहित सेना मार्फत सम्पादन भइरहेका गतिविधिका सम्बन्धमा अवगत गराइएको श्री शेर गणका गणपती प्रमुख सेनानी आविस्कार ढुङ्गानाले जानकारी दिनुभयो ।
उहाँको अनुसार नेपाली सेना मार्फत हुदैँ आएका गतिविधिहरु मध्ये राष्ट्र र राष्ट्रियता सम्बन्धी विषयमा प्रवचन सहित वक्तित्वकला, टेन्टको बसाई, व्यक्तिगत सञ्चार, विपद् व्यवस्थापन, लडाई वा उच्च जोखिमपूर्ण क्षेत्रमा घाइते भएका साथीको तत्काल उद्धार र प्राथमिक उपचारको अभ्यास, दुस्मतप्रति विद्रोह तथा जंगल युद्धकला, -यापिलिङ्ग तथा क्लाइमिङ्ग, गस्ती (हाइकिङ) लगायतका गतिविधिको प्रयोगात्मक अभ्यास गरिएको हो ।
“नेपाली सेनाले पु¥याउदै आएको सेवा सम्बन्धमा किेशार र युवा वर्गलाई जानकारी दिन नुवाकोटमा श्री शेर गणको अवधारणा अनुसार ‘नेपाली सेनासंग एक दिन’ कार्यक्रम सञ्चालनमा ल्याइएको हो ।” प्रमुख सेनानी ढुङ्गानाले भन्नुभयो “सेनाले चलाउने हातहतियार र विष्फोटक पदार्थ बाहेकका गतिविधिको प्रत्यक्ष अनुभव गराई सैनिक जीवनशैली नजिकबाट बुझाउन एक दिनको समय सैनिक– विद्यार्थीले सयुक्त रुपमा बिताएका छौ । यसबाट युवापुस्ता र नेपाली सेनाबीच आपसी सद्भाव र सामिप्यता बृद्धि गराउन महत्वपूर्ण योगदान पुग्नेछ विश्वास छ ।”
नुवाकोट दरबार परिसरमा आयोजित कार्यक्रमका प्रमुख अतिथी विदुर नगरपालिकाको नगरप्रमुख राजन श्रेष्ठले नेपाली सेनासंगको एक दिन कार्यक्रमले नेपाल सेनाले गर्दै आएका कार्यहरुलाई अहिले युवा बर्ग (जेन्जी समूह)समक्ष पुराई उनीहरुसंगको समन्वय र सहकार्यमा सहयोग पुग्ने उल्लेख गर्नुभयो ।
नेपाली सेनासंग स्थानीय सरकार प्रमुखको रुपमा आफ्नो तर्फबाट सहकार्य भइरहेको उल्लेख गर्दै नेपाली सेनालाई समुदायसंग जोड्नको लागी पनि यस कार्यक्रम फलदायी हुने उहाको विश्वास छ ।
श्री नं.६ वाहिनी अड्डाका बाहिनीपति, सहायक रथी सुवासजंग थापाको अनुसार नेपाली सेनाले राष्ट्रिय सुरक्षा र सीमा रक्षा, विकास निर्माणका कार्य जिम्मेवारी, विपद् व्यवस्थापन, संयुक्त राष्ट्र संघको आह्वानमा विभिन्न द्धन्द्धग्रस्त देशहरुमामा शान्ति सेनाको रूपमा खटिएर अन्तर्राष्ट्रिय क्षेत्रमा शान्ति स्थापना, वन्यजन्तु तथा वन संरक्षण, विशिष्ट व्यक्ति र संरचनाको सुरक्षा प्रदान लगायतमा योगदान पु-याउदै आएको छ ।
नेपाली सेनाले गर्ने उक्त गतिविधिहरु अहिलेका नवयुवा वर्ग समक्ष पु¥याउन नेपाली सेनासंग एक दिन’ कार्यक्रम प्रभावकारी हुने विश्वास गरिएको छ ।
18.12¡ÆC