देवीघाटमा श्रीराम र जानुकाकाे दुई कृति विमोचन

चैत्र १६, २०८२ मा प्रकाशित | 341 views


नुवाकोट । नुवाकोट साहित्य प्रतिष्ठानका संस्थापक अध्यक्ष श्रीराम श्रेष्ठको ३१औँ कृति ‘कृतिसँग संवाद’ तथा जानुका दाहालको पहिलो कृति ‘गर्भको नि:श्वास’ देवीघाटस्थित ज्येष्ठ नागरिक आश्रममा एक विशेष कार्यक्रमका बीच विमोचन गरिएको छ।

आश्रममा रहेका आमाबुबाहरूसँगै बसेर गरिएको उक्त कृति विमोचन कार्यक्रमले सामाजिक र साहित्यिक भावनालाई जोड्दै विशेष महत्व पाएको थियो। कार्यक्रम सरल, सभ्य र भव्य रूपमा सम्पन्न भएको आयोजकले जनाएको छ।

कार्यक्रम सफल बनाउन विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय सहयोग रहेको थियो। कार्यक्रममा नेपाली कांग्रेसका उपसभापति राजु थापा,रामप्रसाद जोशी, शम्भु प्रसाद शर्मा, रामकृष्ण भट्ट, विष्णुप्रसाद नेपाल, श्रीराम श्रेष्ठ, नारायण प्रसाद अधिकारी, ध्रुव ढकाल, अच्युत रिजाल, प्रकाशचन्द्र ढुंगाना, सुरेन्द्र मुडभरी, नारायणमान डंगोल, रामशरण वस्ती, दीपक सिंखडा, रामकृष्ण गजुरेल, भगवती खनाल, रामप्रसाद चालिसे, कविन्द्र करञ्जीतलगायतका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा सहभागी सम्पूर्ण महानुभावप्रति आयोजकले हार्दिक कृतज्ञता व्यक्त गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web