प्रतिनिधिसभा सदस्य लामिछानेबाट देवीघाटलाई नेपालको राजघाटको रुपमा बिकास गर्न पहलको प्रतिबद्धता

फाल्गुन २४, २०८२ मा प्रकाशित | 394 views


देवीघाट । नुवाकोट निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य डा. अचुतम लामिछानेले विदुर–५ देवीघाटमा रहेको पृथ्वीनारायण शाहको समाधिस्थलमा पुष्पगुञ्छा अर्पण गर्दै राष्ट्रनिर्माता पृथ्वीनारायण शाह प्रति उच्च सम्मान प्रकट गर्नुभएको छ ।

हिजो शनिबार निर्वाचित हुनुभएका लामिछानेले आज नै देवीघाट पुगेर राष्ट्रनिर्माता प्रति सम्मान भाव प्रकट गर्दै पुष्पगुञ्छा अर्पणका साथ श्रद्धाञ्जली अर्पण गर्नुभएको हो ।

उहाँले आफूले पाच वर्षे कार्यकालको प्रारम्भ गर्नुअघि जिल्लामा रहेका शक्तिपीठ एंव ऐतिहासिक स्थलको दर्शनको क्रममा पृथ्वीनारायण शाहको समाधिस्थलमा पुगेर राष्ट्रनिर्माता प्रति उच्च सम्मानभाव प्रकट गर्नुभएको हो ।

उक्त अवसरमा देवीघाट जालपा युवा क्लबको तर्फबाट अध्यक्ष नबिन चित्रकारले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको समाधिस्थललाई राष्ट्रिय तथा अन्तराष्ट्रिस्तरसम्म प्रचारप्रसार एंव यहाँको महत्व फैलाउन पृथ्विनारायण शाहको समाधिस्थल रहेको देवीघाटलाई नेपालको राजघाटको रुपमा बिकास गर्न पहल थालिएको जानकारी गराउनुभयो ।

उक्त पहललाई प्रतिनिधिसभा सदस्य लामिछानेले आफ्नो तर्फबाट आवश्यक सहयोग र पहल गर्ने प्रतिबद्दता जनाउनुभएको छ ।

उक्त अवसरमा उहाँले ऐतिहासिक जालपादेवी मन्दिरको दर्शन गर्दै आफ्नो पाच वर्षे कार्यकालमा नुवाकोटको विकास, हित र भलाईको लागी लाग्नको प्रेरणा प्राप्त होस भन्ने कामना गर्नुभयो ।

प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ मा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उहाँ नुवाकोट–२ मा बिजयी हुनुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web