४९ जना उम्मेदवारले मनोनयन फिर्ता लिए

माघ ९, २०८२ मा प्रकाशित | 140 views


काठमाडौँ । आउँदाे फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावका लागि देशभरका विभिन्न निर्वाचन क्षेत्रबाट ४९ जना उम्मेदवारले मनाेनयन फिर्ता लिएका निर्वाचन आयोगले जनाएको छ ।

आयोगले आज आयोजना गरेको साप्ताहिक पत्रकार सम्मेलनमा प्रवक्ता नारायणप्रसाद भट्टराईले अहिलेसम्म विभिन्न निर्वाचन क्षेत्रबाट आयोगको प्रणालीमा प्राप्त जानकारीअनुसार ४९ जना उम्मेदवारले मनाेनयन फिर्ता लिएका जानकारी दिनुभयो ।

समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारको पनि नामावली प्रकाशन गरि माघ १० गतेसम्म दाबी विरोधको समय दिइएको प्रवक्ता भट्टराईले जानकारी दिनुभयो ।

समानुपातिक प्रणालीका लागि राजनीतिक दलले गएकाे पुस १३ र १४ गते बन्दसूची पेश गरेका थिए । भाेलि समानुपातिकतर्फको दाबी विरोध सकिएपछि अन्तिम नामावली प्रकाशन गरिने आयाेगले जनाएकाे छ ।

आयाेगका अनुसार प्रत्यक्ष निर्वाचनतर्फको अन्तिम नामावली आज देशभरका ७७ मुख्य निर्वाचन अधिकृत र ८८ निर्वाचन अधिकृतको कार्यालयमार्फत प्रकाशन गरिने छ ।

आज बेलुकी ७ बजेसम्म सबै उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरिने आयाेगले जनाएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web